काठमाडौं, आइतबार, २५ असोज २०७७ । कोरियाबाट आएको १६० जना यात्रुलाई घर पठाइएको छ ।
शनिबार दिउँसो ४ बसेर ४२ मिनेटमा ल्यान्ड भएको आसियाना एयरलाइन्सको ओज्यड७६५३ फ्लाइटबाट आएका यात्रुमध्ये ११ जनाको पीसीआर रिपोर्ट नपाएको भन्दै यसअघि उनीहरुलाई घर जना दिइएको थिएन् । तर, यात्रुहरुले भने आफूहरु सबैको पीसीआर रिपोर्ट रहेको बताएका थिए ।
यसअघि ११ जनाको पीसीआर रिपोर्ट नभएको भनेको विमानस्थलले अहिले सबै यात्रुलाई घर पठाएको हो । पीसीआर रिपोर्ट नभएको भन्दै होटेल क्वारेन्टिनमा बस्नुपर्ने भन्दै उनीहरु सबैलाई जान दिइएको थिएन । उनीहरु अवतरण भएको करिब ५ घण्टापछि मात्रै सबैलाई घरमै क्वारेन्टिनमा बस्ने गरी पठाइएको छ ।
त्रिभुवन विमानस्थल कार्यालयका एक अधिकृतले १० जनाको रिपोर्ट नै नभएको दाबी गरे । “उनीहरुमध्ये १० जनाको पीसीआर गरेको रिपोर्ट थिएन । तर, सबैलाई घर जना दिइयो । किन दिइयो, थाहाँ छैन” नाम नबताउने सर्तमा उनले भने ।
यता, यात्रुहरुले भने पीसीआर रिपोर्ट बिना कोरियाको विमानस्थलमा प्रवेशै गर्न नपाइने भएकाले सबैको रिपोर्ट रहेको दाबी गरेका थिए ।
आसियान एयरलाइन्सलाई उड्न नदिने र यात्रुलाई दुःख दिने मात्रै काम गरिएको थियो, यात्रु प्रविन पौडेलले भने । उनका अनुसार कोरियन एयरले प्रतिव्यक्ति १ लाख ३० हजार रुपैयाँ भाडा भनेको तर आसियान एयरलाइन्सले १ लाख ५ हजार रुपैयाँमा नै ल्याएकाले उसलाई दुःख दिने नियतले कम्पनीकै खर्चमा सबै यात्रुलाई होटेल क्वारेन्टीनमा राख्न खोजिएको बताएका थिए ।