NarayaniPost.com
शनिबार, माघ २७, २०८०

आज २०७७ असोज २९ गते बिहीवारको राशिफल

नारायणी पोस्ट
बिहिबार, अशोज २९, २०७७

आज २०७७ असोज २९ गते बिहीवारको राशिफल
२९ असोज बिहीवार २०७७
ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ ।
तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रोलोजर राजले यस्तो फलादेश गर्नुभएको छ ।

मेष- चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज ठीक समयमा सही निर्णय लिन सकिनेछ । मनको डर हराएर जानेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्ने छ । लाभदायक यात्रा पनि हुन सक्छ ।

मिथुन- का, कि, कु, घ, ङ, छ, के, को, हा
धर्म, कर्म तथा समाज सेवामा मन लाग्नेछ । नयाँ काम सुरु गर्ने समय छ । वाक्चतुर्याईले सङ्कल्पसिद्घ हुनेछ । भाग्यले विभिन्न अवसर जुराउने छ ।

सिंह- मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज अरुलाई प्रभावित पारेर काम बन्ने छ । रोकिएको धन हात पर्ला । न्यायिक कार्यमा सफलता मिल्ने छ । व्यापार व्यवसायबाट धनलाभ हुनेछ ।

तुला- रा, रि, रु, रे, रो, ता, ति, तु, ते
लाभदायक यात्रा होला । रोकिएका काम पुनः सुरु हुन सक्छन् । आर्थिक कारोवारमा सफलता पाइएला । महिला वा मित्रबाट विशेष सहयोग मिल्ने छ ।

धनु- ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
महत्वपूर्ण कामको थालनी हुनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्ने छ । लक्ष्मी प्रसन्न हुने योग छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला ।

कुम्भ- गु, गे, गो, सा, सि, सु, से, सो, दा
भाग्यले विभिन्न अवसर जुराउनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउने छ । कला, साहित्यमा रुची बढ्ने छ । घरमा अतिथीको आगमन हुनेछ ।

वृष- इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने छ । घरमा अतिथीको आगमन हुनेछ । भूमिबाट लाभ रहला । साथीभाइले पनि राम्रै सहयोग जुटाउने छन् ।

कर्कट- हि, हु, हे, हो, डा, डि, डु, डे, डो
सामान हराउने वा चोरी हुने सम्भावना छ । स्वस्थ्यसम्बन्धी चिन्ता बढ्ने छ । साझेदारी काममा उल्झन आउने छ, तर सहकर्मीबाट सहयोग मिल्ने छ ।

कन्या- टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
धैर्य एवं लगनशीलताले अवसर दिलाउने छ । नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ने छ । प्रेम सम्बन्ध कसिलो हुनेछ ।

वृश्चिक- तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिएला । नियमित खर्च समेत बढ्ने योग छ । सहकर्मीबाट विरोध पनि आउन सक्छ ।

मकर- भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि
आज शुभारम्भको चर्चा चल्ने छ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । सांस्कृतिक क्षेत्रमा रुची बढ्ने छ । अधुरो काम पनि पूरा हुनसक्छ ।

मीन- दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । प्रेम जीवन सुखद् रहनेछ । बन्धु बान्धवबाट सहयोग मिल्ने छ, तर मन भावुक र उत्ताउलो बन्न सक्छ ।

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram