NarayaniPost.com
आइतवार, माघ २१, २०८०

कोरोना भाइरसका बिरामीको उपचार गाँजाबाट हुने पुष्टि

नारायणी पोस्ट
शनिबार, कार्तिक १५, २०७७

कार्तिक १५ गते ।

मकवानपुर । कोरोना भाइरसका गम्भीर बिरामीको उपचार गाँजाबाट हुने सक्ने एक अध्ययनको निष्कर्ष रहेको छ । अमेरिकाको साउथ क्यारोलिना विश्वविद्यालयका अनुसन्धानकर्ताले गरेको गाँजाका ३ वटा अध्ययनबाट यस्तो तथ्य खुलेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

तीनवटै अध्ययनमा गाँजाको माध्यमबाट गम्भीर खालका कोरोना संक्रमितको उपचार हुने बताइए पनि अन्तिम निष्कर्ष आउन बाँकी नै छ । अनुसन्धानकर्ता तथा वैज्ञानिकहरुले गाँजा खान प्रोत्साहन हुने आशंका गरेका छन् ।

अमेरिकी अनुसन्धानमा गाँजामा उपलब्ध टिएचसी (Tetrahydrocannabinol) पदार्थले कोरोना संक्रमितको उपचार हुनसक्ने प्रष्ट देखिएको छ । टिएचसीले खतरनाक इम्युन रेस्पोन्सबाट बचाउन सक्छ । जसका कारण एक्युट, रेस्पिरेटरी डिस्ट्रेस सिन्ड्रोम (एआरडिएस)को शिकार भएका व्यक्तिलाई लाभ प्राप्त हुन्छ ।

डेलिमेलका अनुसार कोरोनाका गम्भीर बिरामी एआरडिएसको समस्या हुन्छ । कोरोनाबाट ज्यान गुमाउनेमध्ये धेरैले यहीँ समस्याकै कारण मृत्युवरण गर्छन् ।

अमेरिकाको विश्वविद्यालयका तीनवटा अध्ययनमा दर्जनौँ प्रयोगहरु पनि गरिको छ । सुरुमा मुसामा एक टक्सिन दिएर टिएचसी प्रयोग गरिएको थियो । जुन मुसामा टिएचसी दिइएको थियो, ती मुसा बाँचेको र अन्य मुसा मरेका थिए ।

अनुसन्धानकर्ता तथा वैज्ञानिकले यो विषयमा थप अध्ययन थालेका छन् । उनीहरुले आम मानिसमा गाँजाको प्रयोगका लागि प्रोत्साहन नहुने गरी कसरी काम गर्न सकिन्छ भन्ने विषयमा पनि अध्ययन गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
अनुसन्धानकर्ताले अब गाँजाको मानिसमा प्रयोगका विषयमा अध्ययन गरिरहेका छन् । अमेरिकाका केही राज्यमा गाँजाको प्रयोग वैधानिक मानिन्छ । तर, धेरै राज्यले प्रतिबन्ध लगाएका छन् । रासस ।

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram