NarayaniPost.com
आइतवार, फाल्गुन २०, २०८०

राजकुमार चेपाङ मृत्यु प्रकरण : पक्राउ परेका सैनिक थुनामा पठायो

नारायणी पोस्ट
बुधबार, अशोज २८, २०७७

२८ आश्विन २०७७
चितवन — चितवन राष्ट्रिय निकुञ्जको निषेधित क्षेत्रभित्र प्रवेश गरेका राजकुमार चेपाङलाई नियन्त्रणमा लिएर कुटपिट गर्दा मृत्यु भएको आरोपमा पक्राउ परेका नेपाली सेनाका हुद्दालाई चितवन जिल्ला अदालतले मंगलबार पुर्पक्षका लागि थुनामा पठाएको छ ।

।बर्दिया गेरुवा–५ घरभएका बुढा असोज ४ गते पक्राउ परेका थिए । अनसन्धान पूरा भएपछि चितवन प्रहरीले जिल्ला न्यायाधीवक्ताको कार्यालय (सरकारी वकिल)लाई प्रतिवेदन बुझाएको थियो । त्यसैका आधारमा सरकारी वकिलको कार्यालयले सोमबार बुढाविरुद्ध चितवन जिल्ला अदालतमा मुदा दायर गरेको थियो । उक्त मुद्दामा मंगलबार थुनछेक बहस भएपछि न्यायाधीश रेग्मीले प्रतिवादीलाई थुनामा राख्न आदेश गरेका हुन् ।

मुलुकी अपराध संहिताको परिच्छेद १२ अन्तर्गत ज्यान सम्बन्धी कसुरको दफा १७८ को उपदफा एक बमोजिम अपराध भएको हुँदा उपदफा दुई बमोजिमको सजाय माग गरेर मुद्दा दायर भएको थियो ।

राजकुमारसहित मिलनटोलका सात जना जंगलमा न्युरो, अमिलो र खोलाका घोगी टिप्न भन्दै साउन १ गते दिउँसो घरदेखि हिँडेका थिए । राप्ती खोला तरेर चितवन राष्ट्रिय निकुञ्जको सिमानाभित्र रहेको ज्युँडी खोलामा घोगी टिप्दै गर्दा निकुञ्जको सुरक्षाका लागि तैनाथ एक सैनिकले उनीहरुलाई नियन्त्रणमा लिएका थिए ।

कुटपिटपछि बिरामी भएका राजकुमारको साता दिनपछि उपचारका लागि भरतपुर अस्पताल लैजादा मृत्यु भएको थियो । राजकुमारका बाबु विष्णुलाल चेपाङले कुटपिटमा संलग्नलाई कारवाही माग गर्दै चितवन जिल्ला प्रहरीमा साउन ९ गते उजुरी दिएका थिए । विष्णुलालले भदौ २५ गते छोरालाई कुटपिट गर्ने व्यक्तिको नाम किटान गरेर चितवन जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका थिए ।

विष्णुलालले दिएको किटानी जाहेरीमा बटुक दल गणको अप्रेसनल अन्डर कमाण्ड सिद्धिबक्स गणको प्यारीधाप गुल्मको लिगलिग पोष्टमा कार्यरत हुद्दा वर्ष ४० का बुढाले छोरालाई कुटपिट गरेको उल्लेख छ । किटानी जोहेरी परेको १० दिनपछि प्रहरीले आरोपितलाई समातेको थियो ।

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram