NarayaniPost.com
सोमवार, माघ २९, २०८०

`पितृ सेवा गरे सबै सुख प्राप्ति हुने’ : मन्त्री लामा

नारायणी पोस्ट
शनिबार, कार्तिक २२, २०७७

चितवन - तामाङ पत्रकार संघ चितवन र साङ छेवाङ टासी बौद्ध गुम्बाको संयुक्त आयोजनामा शोक सभा सम्पन्न भएको छ। तामाङ पत्रकार संघ चितवनका सचिव राजेश रुम्बा लामाकी ममतामयी माता बुद्धिमाया नेगी तामाङको ४९ औं दिन (घेवा)को पुण्यतिथिमा शनिबार शोक सभा आयोजना गरिएको हो ।
शोक सभाका प्रमुख अतिथि बागमती प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले पितृको सेवा नै मूल धर्म भएको बताए । बाबु आमाको सेवा गरे नै सबै सुख प्राप्ति हुने भएकोले सबैलाई आफ्नो पितृलाई आत्मैदेखि सेवा गर्न आग्रह गरे ।
मन्त्री लामाले घेवा कार्यक्रममा विशुद्ध शाकाहारी तरिकाले अपनाउनु पर्ने बताए । हामी तामाङ जातिमा मद्यपान र मासुजन्य खानपान शैली हावी भएकाले यसले कसैको भलो नहुने उनको भनाइ थियो । तामाङ जातिमा मद्यमान गरेर ठूलो हुन्छ भन्ने भ्रम पालेर बस्ने भएकाले सामाजिक हिसाबले अरुसँग प्रतिस्पर्धा गर्न नसकेको बताए ।
हरेक किसिमका पर्व तथा कार्यक्रममा मद्यपान तथा मासुजन्य खानपान गर्ने प्रवृत्ति हावी हुँदै गएकोले आजैका दिनदेखि हामीले यसलाई निरुत्साहित गर्दै लानु पर्ने उनको जिकिर थियो । हामीले हाम्रो कमजोरीलाई त्याग्न सक्यौं भने तामाङहरुको भविष्य धेरै अघि बढ्ने उनको आग्रह थियो ।

कार्यक्रममा राप्ती उपमहानगरपालिका कार्यालयका उपमेयर इमानसिंह मोक्तानज्यूले पितृहरुले सिंगो समाजको रुपान्तरणको लागि महत्वपूर्ण भूमिका निभाउनु भएको बताए । पितृहरुले देखाउनु भएको असल बाटोलाई सबैले अनुशरण गर्नुपर्ने उनको भनाइ थियो ।

उक्त कार्यक्रममा नेपाल तामाङ घेदुङ संघीय सदस्य गोमानसिंह लामा, तामाङ पत्रकार संघका केन्द्रीय सदस्य उर्गेन तामाङ, तामाङ पत्रकार संघ चितवनका उपाध्यक्ष बबिलाल तामाङ, सदस्य प्रकाश तामाङ, सदस्य सन्तोष तामाङ, राप्ती नगरपालिका कार्यालयका कार्यपालिका सदस्य दिलकुमारी तामाङलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम तामाङ पत्रकार संघ चितवनका अध्यक्ष ज्ञानेन्द्र तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram