NarayaniPost.com
बिहिबार, माघ २५, २०८०

के मंसिर १ गतेको भाइटीका अशुभ हो त?

नारायणी पोस्ट
शनिबार, कार्तिक २९, २०७७

२९ कार्तिक २०७७
काठमाडौं । पञ्चाङ्ग निर्णायक समितिले मंसिर १ भाइटीका लगाउन विभिन्न कारणले अशुभ रहेको भन्ने अफवाहको पछि नलाग्न आग्रह गरेको छ । समितिका सचिव सूर्य ढुंगेलले विभिन्न कारणले अशुभ योग परेको भनेर फैलाइएको सूचनामा कुनै सत्यता नरहेको स्पष्ट पारेका हुन् ।

मलमासका कारण केही समय पछि सरेको तिहारको मुख्य दिन भाइटीका यो वर्ष मंसिर १ गते परेको छ । तर बजारमा कसैले मंसिरमा दिदीबहिनीबाट दाजुभाइलाई टीका लगाउन नहुने भन्ने हल्लाका कारण धेरैमा अन्योल सिर्जना भए पनि यसमा कुनै सत्यता नरहेको ढुंगेलले बताएका हुन् ।

‘पहिलो कुरा त शास्त्रले मंसिरमा दिदीबहिनीले दाजुभाइलाई टीका लगाउन हुँदैन भन्ने कुनै विधान तय गरेको छैन’ ढुंगेलले अनलाइनखबरसँग भने ‘हामीले मनाउने पर्व चान्द्रमास अनुसार तय हुन्छ र मंसिर एक गतेपनि चान्द्र मास अनुसार कात्तिक महिना नै पर्ने भएकोले त्यो तर्कमा कुनै सत्यता छैन ।’

अर्काेतर्फ शुभ योग नरहेको भनेर चलेको हल्लामा पनि सत्यता नरहेको ढुंगेलले जानकारी दिए । मध्याह्नमा द्वितीया तिथी परेको दिन यमद्वितीया या भाइटीका मनाउने चलन छ । त्यसैले यसमा कुनै शुभ र अशुभ योगको कुरा नहुने ढुंगेलले बताए । त्यसैले भाइटीकाको दिन निर्धक्क भएर भाइटीका लगाउन पनि ढुंगेलले सबैमा आग्रह गरेका छन् ।

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram