NarayaniPost.com
बुधबार, फाल्गुन २, २०८०

चितवनमा ९७ लाख चोरी गर्ने पक्राउ

नारायणी पोस्ट
आइतवार, कार्तिक ३०, २०७७

भरतपुर, ३० कार्तिक
सुरक्षा गर्न खटाइएका कर्मचारीलेनै चितवनमा ९७ लाख चोरी गरेको भेटिएको छ । भरतपुर–९ काँडाघारी मा रहेको एपोलो पेन्ट्सको कार्यालय भवन सुरक्षाका लागि खटिएका सुरक्षा गार्डलेनै रकम चोरी गरेको तथ्य खुलेको छ । कार्तिक २७ गते लकर फुटाई चोरी भएको उजुरी परेपछि चितवन प्रहरीले अनुसन्धान थालेको थियो ।

एपोलो पेन्टस्मा कार्यरत सुरक्षा गार्ड कालिका–६ का ४० वर्षिय कविराज थापाले चोरी गरेकोे जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छन् । चितवन प्रहरीका प्रवक्ता सूर्य थापाले खाटमुनि झोलामा ५७ लाख र नजिकैको झाडीमा ४० लाख रुपैयाँ प्लाष्टिकको बोरमा लुकाई राखेको अवस्थामा फेला पारिएको बताउनुभयो । सेक्युरिटी गार्ड क्वाटरभित्रको खाटमुनि चोरीको रकम लुकाएका थिए । उनको साथबाट नगद सहित हेक्सा ब्लेड फ्रेम सहितको थान, फलामको रडबाट बनेको खुर्पी, हेक्सा ब्लेड खुल्ला थान, झोला लगाएत सामग्री बरामद गरिएको छ । चोरी कसूर अन्र्तर्गत पक्राउ परेका व्यक्तिमाथि छानविन भैरहेको जनाइएको छ ।

४ दिनमा ४६ जना फरार अभियुक्त पक्राउ
चितवन प्रहरीले ४ दिनमा ४६ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । कैद तथा जरिवाना सजाय पाएपछि उनीहरु फरार रहेका थिए । पक्राउ पर्नेमा ४५ जना पुरुष र १ महिला छन् । चोरी, जबरजस्ती करणी, कर्तव्य ज्यान, सार्वजनिक अपराध, जालसाजी लगाएका मुद्धामा सजाय तोकिएका व्यक्तिहरु पक्राउ परेका हुन् । पक्राउ परेकोहरुलाई फैसला कार्यान्वयनको लागि चितवन जिल्ला अदालतमा बुझाइएको छ । ७ वर्ष ९ महिना २६ दिन कैद र ४लाख ८ लाख ३ सय ११ रुपैयाँ रकम असुल उपर भएको प्रहरीले जनाएको छ ।

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram