मकवानपुर प्रहरीले दुई सय बिस बिगाहा लागू औषध गाँजा खेती फडानी गरी नष्ट
नारायणी पोस्ट
शुक्रबार, मंसिर २६, २०७७
२५ मंसिर २०७७, हेटौंडा – मकवानपुर प्रहरीले दुई सय बिस बिगाहा लागू औषध गाँजा खेती फडानी गरी नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक(प्रवक्ता) इन्द्र बहादुर रानाको कमाण्डमा लागुऔषध नियन्त्रण ब्युरो समेत संयुक्त रुपमा खटिएको ८६ जनाको प्रहरी टोलिले मकवानपुरको बिभिन्न स्थानमा लगाईएको दुई सय बिस बिगाहा लागू औषध गाँजा खेती फडानी गरी नष्ट गरेको हो ।
यही मंसिर २० गते देखि २४ गते सम्म मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नं. २, ३, ४, ५, ८र ९ को अठारे, धस्राङ, गेजुराङ, कर्लिङ्ग, हाप्राङ, घट्टेखोला, भेडुल, च्यामती, लावती, सरिखेत, पलासे, धुरकोट, माईसिराङ, स्वारा, गेजुराङ, हाप्राङ, कर्लिङ, वाङचिङ, भैडुल, तरलिङ, लोच्यो, देविटार लगायतका विभिन्न स्थानहरुमा गरी कुल २२० दुई सय बिस विगाहा लागु औषध गाँजा खेति फडानि गरी नष्ट गरीएको प्रवक्ता रानाले बताए ।
हेटौंडा । हेटौंडा उपमहानगर ५ मा दुर्घटना भएको छ । दुइवटा मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा मा ३ जना घाइते भएका छन् । ना ५१ प ७३५९ निलो पल्सर पिप्लेबाट बजार आउदै गरेको निलो पल्सर र हेटौंडा बाट पिप्ले जाँदै गरेको बा प्र ३ -००४ प १५९९ नम्बर को एन एस […]
सडक भासिएको मस्र्याङ्दी नदी किनारमा दुई पुरुषको शव फेला भेटिएको छ। पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साखर ड्याममा आज बिहान ४ बजे भासिएको सडकबाट बा१० च४६४९नम्बरको कार र मोटरसाइकिल खसेको थियो। मोटरसाइकलमा सवार पुरूष भने सवारी फालेर ज्यान जोगाएका थिए भने कारमानिससहित पहिरोमा खसेको प्रहरीले बताएको छ। लामो जामका कारण यात्रुको बिचल्ली भएको छ। लामो […]
१५ जेठ, चितवन । पोखराबाट जोमसोम उडेर सम्पर्कविहीन भएको जहाज मुस्ताङ जिल्लाको लेतेमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको जानकारी आएको छ।म्याग्दी जिल्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जिवि रानाका अनुसार मुस्ताङ जिल्लाको लेतेमा दुर्घटनाग्रस्त अवस्थामा जहाज भेटिएको र थप जानकारी आउन बाँकी रहेको छ।तारा एयरको ९ एनएईटी टि्वनअटर विमान दुर्घटनामा परेको हो।विमानमा ४ जना भारतीय नागरिकसहित ६ जना विदेशी […]
चितवन,३१ बैशाख । चितवनमा माओवादी केन्द्रले खाता खोलेको छ । इच्छाकामना गाँउपालिका १ मा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका सन्तबहादुर राना विजयी भएका छन् । उनले नेकपा एमालेका उम्मेदवारलाई १० मतको झिनो अन्तरमा पराजित गरेका हुन् ।