NarayaniPost.com
बुधबार, साउन २५, २०७९

समपुरक र विशेष अनुदानका लागि प्रस्ताव आह्वान, २० अर्बको बजेट

नारायणी पोस्ट
मङ्लबार, मंसिर ३०, २०७७

अनलाइनखबर
२०७७ मंसिर ३० गते

काठमाडौं । संघीय सरकारले चालु आर्थिक वर्ष २०७७/७८ मा समपुरक र विशेष अनुदानबाट प्रदेश र स्थानीय तहमा संचालन हुने कार्यक्रम तथा आयोजनाको प्रस्ताव माग गरेको छ ।

तल्ला सरकारहरुले आगामी एक महिना (पुस मसान्त) भित्र यस्ता आयोजना तथा कार्यक्रमको प्रस्ताव पठाइसक्नु पर्ने राष्ट्रिय योजना आयोगले जानकारी दिएको छ ।

नेपाल सरकारले स्थानीय तथा प्रदेश सरकारलाई कुनै पूर्वाधार विकास सम्बन्धी आयोजना कार्यान्वयन गर्न दिने रकम नै समपुरक अनुदान हो ।

यस्तो अनुदान कूल लागतको अनुपातका आधारमा प्रदान गरिन्छ । जसमा सबै तहका सरकारले कुनै न कुनै रुपमा उक्त आयोजनामा लगानी गर्नुपर्छ । विशेष अनुदान भने नेपाल प्रदेश वा स्थानीय तहबाट नेपाल सरकारले लिएका महत्वपूर्ण उद्देश्यहरु पूर्ति गर्ने गरी संचालन हुने खास योजनाहरुका लागि दिने गरिन्छ ।

यसमा शिक्षा, स्वास्थ्य, खानेपानीसहितका पूर्वाधार तथा कार्यक्रम र अन्तर प्रदेश र स्थानीय तहबीचको सन्तुलित विकास गर्ने योजना पर्छन् ।

२० अर्बका योजना

संघीय सरकारले सरकारले चालु आर्थिक वर्षका लागि स्थानीय र प्रदेशका लागि ९ अर्ब ९६ करोड समपुरक अनुदान र ९ अर्ब ९७ करोड विशेष अनुदानका लागि छुट्याएको छ । सरकारले अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा करीव २५ अर्ब रुपैयाँ लागतका समपुरक अनुदानका कार्यक्रम स्वीकृत गरि कार्यान्वयनमा ल्याएको थियो ।

बहुवषर्ीय प्रकृतिका ति कार्यक्रममै स्थानीय तथा प्रदेशले पुनः बजेट माग गर्न सक्नेछन् । आयोगले आयोजना प्रस्तावको ढाँचा र शर्तसमेत स्थानीय तह र प्रदेशलाई पठाइसकेको जनाएको छ । योजना आयोगले तल्ला सरकारहरुबाट प्राप्त प्रस्तावलाई प्रशोधन गरी यी दुई अनुदानका लागि कार्यक्रम र बजेट स्वीकृति दिने प्रावधान रहेको छ ।

संघीय सरकारबाट कुल चार प्रकारका अनुदान तल्लो सरकारमा जान्छन् । त्यसमध्ये वित्तीय समानिकरण अनुदान र सशर्त अनुदान भने निश्चित समयमा अर्थ मन्त्रालयले सीधै पठाउने गर्छ ।

कुन-कुन क्षेत्र ?

समपुरक अनुदानका लागि आर्थिक क्षेत्र, कृषि, भूमिसुधार तथा वन क्षेत्र र पूर्वाधार क्षेत्रमा बजेट/कार्यक्रम/आयोजना माग गर्न सकिने प्रावधान रहेको छ । यसबाहेक सामाजिक क्षेत्र, सुशासनका क्षेत्रमा पनि आयोजना प्रस्ताव गर्न सकिन्छ ।

पर्यटन पूर्वाधार/कार्यक्रम, कृषि भण्डार, शीतगृह, नविनतम प्रविधिको प्रयोग गरी कार्यानवयन गरिने सिंचाई तथा नदी नियन्त्रणका लागि समेत आयोजना माग गर्न सकिन्छ । ग्रामिण क्षेत्रमा एकिकृत बस्ती विकासका लागि नमुना आवास योजना, मझौला तथा ठूला पुल, सडक, उर्जा क्षेत्रमा समेत समपुरक अनुदानका कार्यक्रम माग गर्न सकिने गरी प्रस्ताव आहृवान भएको छ ।

विद्यालय भवन, खानेपानी, स्वास्थ्य चौकी, फोहोरमैला प्रशोधन र स्थानीय तहका प्रशासनिक भवन निर्माणमा समेत बजेट माग गर्न सकिने भएको छ ।

समपुरक अनुदान माग गर्दा गाउँपालिका र नगरपालिकाले एक करोड-१० करोडसम्मका आयोजना/कार्यक्रम प्रस्ताव गर्नुपर्ने छ । उपमहानगर र महानगरपालिकाले ५ करोड देखि २५ करोडसम्मका कार्यक्रमका लागि अनुदान पाउने छन् ।

प्रदेश सरकारले २० करोडबाट १ अर्बसम्मका आयोजना/कार्यक्रमका लागि अनुदान पाउने छन् । कुल लागतको ५० प्रतिशत भने सम्बन्धित सरकारले बेहोर्नुपर्छ ।

आयोजना तथा कार्यक्रमको कार्यान्वयन अवधि अधिकतम तीन वर्षको मात्र हुनुपर्छ । आयोजना/कार्यक्रमको पूर्वतयारीको काम पुरा भएको हुनुपर्ने शर्त तोकिएको छ ।

उता, विशेष अनुदानका कार्यक्रममा शिक्षा, स्वास्थ्य, खानेपानी, समावेशीकरण तथा मूलप्रवाहीकरण, तहगत सन्तुलन, खाद्य सुरक्षा तथा पोषण र फाहोरमैला व्यवस्थापनका लागि बजेट माग गर्न सकिने छ ।

यी कार्यक्रम माग गर्दा समेत आयोजना/कार्यक्रमको पूर्वतयारीको चरणका काम भने पुरा भएको हुनुपर्ने शर्त राखिएको छ । आयोजना माग गर्दा प्रदेशमा १० करोड, स्थानीय तहमा अधिकतम १० करोड र न्यूनतम ५० लाख रुपैयाँ लागतको सीमा भित्र रहेर माग गर्नुपर्ने भएको छ ।स्रोत:अन्लाईन खबर

आन्य समाचारहरु:-
July 1, 2022
हेटौंडा-५ मा मोटरसाइकल दुर्घटना

हेटौंडा । हेटौंडा उपमहानगर ५ मा दुर्घटना भएको छ ।  दुइवटा मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा मा ३ जना घाइते भएका छन् । ना ५१ प ७३५९ निलो पल्सर पिप्लेबाट बजार आउदै गरेको निलो पल्सर र हेटौंडा बाट पिप्ले जाँदै गरेको बा प्र ३ -००४ प १५९९ नम्बर को एन एस […]

June 10, 2022
ऑंबुखैरेनिमा कार र मोटरसाइकिल खसेको ठाउँमा दुइ पुरुषको शव भेटियो

सडक भासिएको मस्र्याङ्दी नदी किनारमा दुई पुरुषको शव फेला भेटिएको छ। पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साखर ड्याममा आज बिहान ४ बजे भासिएको सडकबाट बा१० च४६४९नम्बरको कार र मोटरसाइकिल खसेको थियो। मोटरसाइकलमा सवार पुरूष भने सवारी फालेर ज्यान जोगाएका थिए भने कारमानिससहित पहिरोमा खसेको प्रहरीले बताएको छ। लामो जामका कारण यात्रुको बिचल्ली भएको छ। लामो […]

May 29, 2022
मुस्ताङको लेतेमा दुर्घटनाग्रस्त अवस्थामा भेटियो तारा एयरको जहाज

१५ जेठ, चितवन । पोखराबाट जोमसोम उडेर सम्पर्कविहीन भएको जहाज मुस्ताङ जिल्लाको लेतेमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको जानकारी आएको छ।म्याग्दी जिल्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जिवि रानाका अनुसार मुस्ताङ जिल्लाको लेतेमा दुर्घटनाग्रस्त अवस्थामा जहाज भेटिएको र थप जानकारी आउन बाँकी रहेको छ।तारा एयरको ९ एनएईटी टि्वनअटर विमान दुर्घटनामा परेको हो।विमानमा ४ जना भारतीय नागरिकसहित ६ जना विदेशी […]

May 14, 2022
चितवनमा माओवादी केन्द्रले खाता खोल्यो,इच्छाकामना १ मा सन्तबहादुर राना विजयी

चितवन,३१ बैशाख । चितवनमा माओवादी केन्द्रले खाता खोलेको छ । इच्छाकामना गाँउपालिका १ मा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका सन्तबहादुर राना विजयी भएका छन् । उनले नेकपा एमालेका उम्मेदवारलाई १० मतको झिनो अन्तरमा पराजित गरेका हुन् ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram