NarayaniPost.com
मङ्लबार, साउन २, २०८०

पार्टीभित्रको विवादले ढल्दैन सरकार : पौडेल

नारायणी पोस्ट
मङ्लबार, मंसिर ३०, २०७७

२०७७ मंसिर ३० गते

बुटवल । अर्थमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले पार्टीभित्रको विवादले सरकारको निरन्तरतामा असर नपर्ने बताएका छन् ।

मंगलबार बुटवलस्थित कान्ति माविको विज्ञान तथा छात्रावास भवनको शिलन्यास गर्दै उनले केपी ओली नेतृत्वको सरकार पूरा कार्यकाल टिक्ने दाबी गरे ।

‘नेकपा भित्रको अन्तरविरोधमा सुँड घुसाएर मुलुकलाई अस्थिरतातिर धकेल्ने प्रयास भएको छ, तर त्यस्तो सपना पूरा हुँदैन’, कार्यक्रममा पौडेलले भने ।

पार्टीभित्र अहिले देखिएका समस्यालाई समाधान गरेर एकताबद्ध भएर अघि बढ्न पार्टी नेतृत्व सफल हुने उनको दावी छ । अन्तरविरोधले पार्टी एकतामा असर नगर्ने उनको भनाइ थियो ।

केही व्यक्तिहरूको अवरोधका कारण बुटवलको सडक निर्माण कार्य वर्षौंदेखि रोकिएको भन्दै अर्थमन्त्री पौडेलले अब सडक बिस्तारको काम अगाडि बढ्ने बताए ।

भवन निर्माणको लागि लुम्बिनी प्रदेश र संघीय सरकारको समपूरक बजेट अन्तर्गत १८ करोड ३० लाख ७८ हजार स्वीकृत भई १३ करोड ६५ लाख १ हजारमा अर्घाखाँची लुम्बिनी जेभीले दुई वर्षमा काम गर्ने गरी सम्झौता भएको विद्यालयका प्रधानध्यापक गोविन्द ज्ञवालीले बताए ।स्रोत:अन्लाईन खबर

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram