NarayaniPost.com
शनिबार, साउन २८, २०७९

वाग्मती प्रदेशका चेपाङलाई अब चिउरी रूखको पुर्जा दिईने

नारायणी पोस्ट
मङ्लबार, मंसिर ३०, २०७७

२०७७ मंसिर ३०

अधिकांश चेपाङ परिवारसँग पुस्तौंदेखि बसेको जग्गाको लालपुर्जा पाउने टुंगो छैन । तर उनीहरूले चिउरीका रूखको भने पुर्जा पाउने भएका छन् । वाग्मती प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले चेपाङ समुदायलाई चिउरीका रूखको पुर्जा दिने भएको हो ।

२०४६ सालअघि पनि चेपाङहरूलाई जिल्ला वन कार्यालयले चिउरीका रूखको प्रमाणपत्र दिएको थियो । ‘चेपाङ समुदायको संस्कृति र जीवनशैलीसँग जोडिएको चिउरीका रूखको स्थानीय सामुदायिक वनसँग समन्वय गरेर प्रमाणपत्र दिने तयारी गरेका छौं,’ मन्त्रालयका सचिव सिन्धुप्रसाद ढुंगानाले भने ।

मन्त्रालयले चेपाङ समुदायको आयआर्जनमा वृद्धि गराउन धादिङ र मकवानपुरमा चिउरीको गेडा प्रशोधन गर्न मेसिन हस्तान्तरण र चितवनमा उद्योग स्थापना गर्ने तयारी पनि गरेको छ । वातावरण संरक्षण र भूक्षय नियन्त्रण गर्ने उद्देश्यले मन्त्रालयले चिउरीको वृक्षरोपण गर्न नर्सरी पनि राख्न लागेको जनाएको छ ।

मन्त्रालयका अनुसार मकवानपुर, चितवन र धादिङमा ६ लाखभन्दा बढी चिउरीका रूख छन् । मन्त्रालयको तथ्यांकअनुसार मकवानपुरमा ३ लाख ७१ हजार, चितवनमा २ लाख १८ हजार र धादिङमा १ लाख ११ हजार चिउरीका रूख छन् । मकवानपुरको राक्सिराङ र कैलाश गाउँपालिकामा चिउरीका जंगल छन् भने चितवनको इच्छाकामना गाउँपालिका, कालिका र राप्ती नगरपालिकामा चिउरीका बोट छन् । यसैगरी धादिङको रोराङ गाउँपालिकामा चिउरीको जंगल छ ।

प्रदेश सरकारले चिउरी उद्योग स्थापना, प्रशोधन मेसिन हस्तान्तरण र चिउरीको संरक्षण गर्न चालु आवमा १ करोड ६० लाख रुपैयाँ विनियोजन गरेको मन्त्रालयका उपसचिव नवराज पुडासैनीले बताए । वन संरक्षण र जनजीविकामा सकारात्मक प्रभाव देखिएकाले चिउरीका रूखको प्रमाणपत्र वितरण गर्न लागिएको पुडासैनीले बताए । घरजग्गाको जग्गाधनी पुर्जा नपाए पनि चिउरीका रूखको पुर्जा पाउने खबरले चेपाङहरू खुसी छन् । मन्त्रालयले धादिङको धुसामा शुक्रबार भएको भेलाबाट चिउरीको संरक्षण, उद्योग स्थापना र लालपुर्जा वितरणका लागि सहजीकरण गर्न खुसीलाल चेपाङको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ ।

मकवानपुरको पश्चिमी क्षेत्रमा पर्ने साविकका काँकडा, राक्सिराङ, भार्ता र कालिकाटार गाविसका चेपाङहरूसँग चिउरीका रूखको प्रमाणपत्र छ । त्यही प्रमाणपत्रको आधारमा चिउरीको रूखबाट हुने आयआर्जन लिने र रूख किनबेच पनि हुने गरेको छ । भान्जा, भान्जीलाई दक्षिणा र छोरीलाई दाइजोका रूपमा त्यही पुर्जाको रूख दिने गरेको छ । स्थानीय जंगलमा रहेका चिउरीको रूखको संख्या तोकेर वन कार्यालयले चेपाङहरूलाई संरक्षणका लागि प्रमाणपत्र दिएको हो । प्रमाणपत्रमा तोकिएका रूखको उत्पादन सम्बन्धित व्यक्तिले लिँदै आएका छन् ।

उक्त रूखको संरक्षण पनि उसैले गर्नुपर्ने नीति रहेको थियो । तत्कालीन चेपाङ विकास कार्यक्रमका प्रमुख तुल्सी थापाका अनुसार चिउरीको रूखको संरक्षण र चेपाङको आयआर्जनमा योगदान पुर्‍याउने उद्देश्यले जिल्ला वन कार्यालयमार्फत रूखको प्रमाणपत्र दिने गरिएको थियो । २०४६ सालपछि यो क्रम रोकियो थियो, यसलाई निरन्तरता दिन लागेकामा उनले खुसी व्यक्त गरे । चेपाङ समुदायको जीवनशैलीसँग जोडिएको चिउरीका रूखको जिम्मा चेपाङहरूलाई दिएपछि उनीहरूको आयआर्जनमा वृद्धिसँगै चिउरीको पनि संरक्षण भएको संविधानसभा सदस्य गोविन्दराम चेपाङको ठम्याइ छ । अहिले चिउरीको संरक्षणका साथै लालपुर्जा वितरण गर्ने नीति प्रशंसनीय भएको उनले बताए ।

तत्कालीन जिल्ला वन कार्यालयले २०४६ असार १० गते साविकको काँकडा गाविस–१ जुनकिरी (प्रजा) चेपाङको नाममा सिलिङे जंगलका २० वटा चिउरीका रूखको प्रमाणपत्र उपलब्ध गराएको थियो । ३१ वर्षदेखि उनले त्यही रूखबाट मात्र चिउरीको गेडा लिने गरेकी छन् । त्यही गेडा पिसेर घिउ उत्पादन गरेर खर्चर् चलाउँदै आएकी छन् । उनको प्रमाणपत्रमा उल्लेखित २० वटा रूख अजंगका भएका छन् । जुनकिरी चेपाङको मात्र होइन, मेतेलाल चेपाङको नाममा २५ वटा चिउरीका रूखको प्रमाणपत्र छ । उनले पनि ती रूखहरूको संरक्षण गर्नुका साथै त्यसको आम्दानी लिने गरेका छन् । उनीहरूले पसिना बगाउँदै आएको जग्गा र ओत लाग्ने छाप्रो भएको जग्गाको आफ्नो नाममा लालपुर्जा छैन । काँकडा सिलिङे निवासी पूर्वसभासद गोविन्द चेपाङका पनि १ सय २५ चिउरीका रूख छन् । उनलाई मामाले दसैंमा टीका लगाएर ७५ रूख दिएका थिए ।

चिउरी रूखको लालपुर्जा दिने क्रम रोकिएकाले जंगलमा आफैं उम्रेर ठूला भएका चिउरीका रूख जसले हडप्न सक्यो उसले नै आम्दानी लिने गरेका छन् । अहिले बलिया र जमातवाला चेपाङहरूले चिउरीका रूख हडप्ने गरेका छन् ।

मकवानपुरको पश्चिमी भेगमा अहिले चिउरीको जंगल फस्टाएको छ । चिउरीको गेडा र त्यसबाट उत्पादन भएको घिउको पनि माग भएकाले चिउरीको रूखको संरक्षणका साथै जंगलका रूख नियन्त्रणमा लिन चेपाङबीच अस्वस्थ प्रतिस्पर्धा पनि छ । चिउरीको रूखको लालपुर्जाले जंगल र चेपाङ संस्कृतिको संरक्षण गर्नुका साथै उनीहरूको जीवनयापनमा पनि सहज बनाएको उनीहरूको ठम्याइ छ ।-साभारः ईकान्तिपुर डटकमबाट

आन्य समाचारहरु:-
August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

July 1, 2022
हेटौंडा-५ मा मोटरसाइकल दुर्घटना

हेटौंडा । हेटौंडा उपमहानगर ५ मा दुर्घटना भएको छ ।  दुइवटा मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा मा ३ जना घाइते भएका छन् । ना ५१ प ७३५९ निलो पल्सर पिप्लेबाट बजार आउदै गरेको निलो पल्सर र हेटौंडा बाट पिप्ले जाँदै गरेको बा प्र ३ -००४ प १५९९ नम्बर को एन एस […]

June 10, 2022
ऑंबुखैरेनिमा कार र मोटरसाइकिल खसेको ठाउँमा दुइ पुरुषको शव भेटियो

सडक भासिएको मस्र्याङ्दी नदी किनारमा दुई पुरुषको शव फेला भेटिएको छ। पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साखर ड्याममा आज बिहान ४ बजे भासिएको सडकबाट बा१० च४६४९नम्बरको कार र मोटरसाइकिल खसेको थियो। मोटरसाइकलमा सवार पुरूष भने सवारी फालेर ज्यान जोगाएका थिए भने कारमानिससहित पहिरोमा खसेको प्रहरीले बताएको छ। लामो जामका कारण यात्रुको बिचल्ली भएको छ। लामो […]

May 29, 2022
मुस्ताङको लेतेमा दुर्घटनाग्रस्त अवस्थामा भेटियो तारा एयरको जहाज

१५ जेठ, चितवन । पोखराबाट जोमसोम उडेर सम्पर्कविहीन भएको जहाज मुस्ताङ जिल्लाको लेतेमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको जानकारी आएको छ।म्याग्दी जिल्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जिवि रानाका अनुसार मुस्ताङ जिल्लाको लेतेमा दुर्घटनाग्रस्त अवस्थामा जहाज भेटिएको र थप जानकारी आउन बाँकी रहेको छ।तारा एयरको ९ एनएईटी टि्वनअटर विमान दुर्घटनामा परेको हो।विमानमा ४ जना भारतीय नागरिकसहित ६ जना विदेशी […]

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram