NarayaniPost.com
बुधबार, असार २७, २०८०

चितवनमा बिना इजाजत औषधी ओसारपसार, ८ जना पक्राउ

नारायणी पोस्ट
बुधबार, पुस १, २०७७

२०७७ पुस १ गते

बिना इजाजत औषधी ओसारपसारमा संलग्न रहेको आरोपमा आठ जना चितवनमा पक्राउ परेका छन् । भारतबाट तस्कर गरी औषधी ल्याएको आरोपमा ईलाका प्रहरी कार्यालय माडीले मंगलबार(हिजो) माडी नगरपालिका–९ सोमेश्वरबाट ३१ लाख रुपैयाँ बराबरका औषधी सहित उनीहरुलाई पक्राऊ गरेको हो ।

माडीको बगही खोलाको किनारको झाडीमा बेवारीसे अवस्थामा औषधी रहेको सूचनाको आधारमा प्रहरी परिचालन भएको थियो ।
पक्राऊ पर्नेहरुमा चितवन र मकवानपुरका समान ४, ४ जना रहेका छन् । जसमा कालिका नगरपालिका–४का २८ बर्षिय राजकुमार महत्तो, कालिका नगरपालिका–३का ३१ बर्षिय हरिशरण चौधरी, माडी नगरपालिका–३का २२ बर्षिय बालकृष्ण महत्तो, मिलन महत्तो, मकवानपुर गढी गाउँपालिका–८का २५ बर्षिय सुरज गौतम, मकवानपुर गढी गाउँपालिका–३का २३ बर्षिय प्रकाश दाहाल, हेटौडा उपमहानगरपालिका–५का २५ बर्षिय उज्वल पोख्रेल र २३ बर्षिय बिपिन सापकोटा रहेको छन् ।

चेकजाँचको क्रममा ठोरीबाट माडी तर्फ आउँदै गरेको ना४ख४४२५ नम्बरको गाडीको डिक्कीमा लुकाएर ल्याउँदै गरेको औषधी फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । अवैद्य औषधी खोजिको क्रममा माडीका बालकृष्ण महत्तो र मिलन महत्तोको घरमा समेत लुकाई राखेको अवस्थामा विभिन्न किसिमका औषधीहरु फेला पारिएको प्रहरीले जानकारी दिएको छ ।

उनिहरुको साथबाट टोटल एन्टिओक्सिडन्ट १ सय ५६बट्टा, शिलाजित ८३, ओ मोरिंगा ५६ बट्टा, प्यन्याक्स जिनसेङ ६०, नेटुरोभिटा ५६, स्प्रिरुलिना ५०, डेपिलो १ सय ३०, क्याल्सियम ५६, एसर्पो ७९ र डेटोक्सिन लेखिएको १७ बट्टा बरामत गरिएको प्रवक्ता प्रहरी नायव उपरिक्षक सूर्यबहादुर थापाले जानकारी दिनुभयो ।

बरामद भएको औषधीको अनुमानित मुल्य २१ लाख १० हजार ५ सय ३२ र बेवारीसे अवस्थामा फेला परेको औषधीको अुनमानित मुल्य ९ लाख ९५ हजार १ सय रुपैयाँ रहेको थापाले जानकारी दिनुभयो । पक्राऊ परेका उनीहरुलाई थप अनुसन्धान तथा कारबाहीको लागि औषधी व्यवस्था विभागमा पठाईएको छ । उनिहरुको साथमा फेला परेका औषधी नेपालमा प्रतिवन्धित रहेको आर्यूवेदिक चिकित्सहरुले बताएका छन् ।

स्रोत: कालिका न्युज

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram