NarayaniPost.com
मङ्लबार, साउन २, २०८०

बालुवाटारमा स्थायी कमिटी बैठक, ओली अनुपस्थित

नारायणी पोस्ट
बुधबार, पुस १, २०७७

२०७७ पुष १ गते

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठकमा उपस्थित हुन नेताहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेला भएका छन्। बैठकमा अध्यक्ष दाहाललगायत नेताहरु उपस्थित भएको र प्रधानमन्त्री उपस्थित नभएको स्थायी कमिटी एक सदस्यले जानकारी दिए।

ओली नआए पनि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले बैठक सुरु गर्ने बताइए पनि बैठक सुरु हुन सकेको छैन । बैठकअघि ओली र प्रचण्डबीच बालुवाटारमा भेटवार्ता भएको थियो । यसअघि मंसिर २८ गते आइतबार बसेको स्थायी कमिटी बैठक केन्द्रीय सदस्य कमानसिंह लामाको निधनको शोक प्रस्ताव पारित गर्दै स्थगित भएको थियो। पूर्वसांसद लामाको कोरोना भाइरस (कोभिड- १९) बाट मंसिर २४ गते निधन भएको थियो।

पूर्वजान‍कारी अनुसार नै बुधबार स्थायी कमिटी बैठक बस्न लागेको हो। यसअघि बैठक मंसिर २१ गते पार्टी केन्द्रीय मुख्यालय धुम्बाराहीमा बसेको थियो। २१ गतेको बैठकमा एक पत्र पठाउँदै अध्यक्ष ओली भने अनुपस्थित भएका थिए। सोही दिनको बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको दुई पन्ने पत्र पढेर सुनाएपछि एक साता स्थगित भएको थियो ।

अध्यक्ष एवम् प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष प्रचणडले सचिबालय बैठकमा छुट्टाछुट्टै राजनीतिक प्रतिवेदन पेश गरेपछि पार्टीभित्रको समस्या झन् चुलिदै गएको छ। दुवै अध्यक्षबीच सचिवालय बैठकमा आरोप-प्रत्यारोप चलेपछि पार्टी विवाद स्थायी कमिटीसम्म पुगेको हो।

आजको बैठकमा अध्यक्षद्वयले पेश गरेका प्रस्तावहरूमाथि छलफल गर्ने भनिएको थियो । तर मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद‍् बैठक सम्बन्धी अध्यादेश जारी गरेपछि उत्पन्न विवादले आजको बैठक प्रवेश पाउने निश्चित छ।

नेकपाभित्र विवाद चलिरहेकै बेला मन्त्रिपरिषद्‍को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ को (पहिलो संशोधन) अध्यादेश २०७७ जारी गरेकी हुन्।

राष्ट्रपति भण्डारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेपछि यसको चौतर्फी विरोध भइरहेको छ। अध्यादेशसम्बन्धी विवाद अदालतसम्म पुग्ने देखिन्छ। बुधबार अधिवक्ता ओमप्रकाश अर्यालले अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा रिट समेत पेश गरेका छन्।

अध्यादेश जारी भएसँगै प्रमुख प्रतिपक्षी दल र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का असन्तुष्ट नेताले समेत आपत्ति जनाएका छन् । कार्यकारी अध्यक्ष प्रचण्डसहित सचिवालयका बहुमत सदस्यले अध्यादेश फिर्ता लिनुपर्ने अडान लिएका छन्।

सरकारले गत वैशाख ८ मा पनि संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएको थियो। त्यसबेला पनि विरोध भएपछि तीन दिनमै अध्यादेश फिर्ता भएको थियो । आजका लागि बोलाइएको स्थायी कमिटी बैठकलाई आम चासोका साथ हेरिएको छ।

स्रोत: अन्नपूर्ण पोस्ट

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram