NarayaniPost.com
बिहिबार, फाल्गुन ३, २०८०

अध्यादेश र हस्ताक्षर दुबै फिर्ता गराएर ओली र प्रचण्डलाई मिलाउने प्रयास अध्यक्ष र महासचिवसँगै सुवास नेम्वाङ, शंकर पोखरेल र घनश्याम भुसाल पनि छलफलमा

नारायणी पोस्ट
बुधबार, पुस १, २०७७

२०७७ पुष १ गते

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटी बैठकको रोकेर बालुवाटारमा बुधबार अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच वार्ता भएको छ ।

दुई अध्यक्षवीच वार्ताको संयोजन स्थायी कमिटीका नेताहरु सुवासचन्द्र नेम्वाङ शंकर पोखरेल र घनश्याम भुसालले गरेका छन् । साथमा महासचिव विष्णु पौडेल पनि छन् ।

‘हामीले दुई अध्यक्षबीचको छलफलको समन्वय गरेका हौं, बालुवाटारमा ओली र प्रचण्डवीचको छलफलमा सहभागी एक नेताले अनलाइनखबरलाई बताए ।

मंगलबार प्रधानमन्त्रीले ल्याएको अध्यादेश र भोलिपल्ट शीतलनिवासमा दर्ता गर्न लगिएको विशेष अधिवेशनको समावेदन दुबै फिर्ता गराउन नेताहरुले पहल थालेका छन् ।

स्थायी कमिटीको बैठक बुधबार दिउँसो १ बजे बोलाइएको थियो । तर, बैठकमा प्रधानमन्त्री ओली र उनीपक्षका नेताहरु सहभागी नभएपछि बैठक सुरु भएन र स्थायी कमिटी सदस्यहरु बाहिर घाम तापेर बसे ।

यहीबेला प्रचण्ड–माधव नेपाल पक्षका ८० भन्दा बढी सांसदहरुको हस्ताक्षर बोकेर संसदको विशेष अधिवेशन माग गर्दै भीम रावल र पम्फा भुसाल शीतलनिवास पुगे । तर, शीतलनिवासले समावेदन दर्ता गर्न मानेन ।

यसैवीच, शीतलनिवास पुर्‍याइएको हस्ताक्षरसहितको पत्र फिर्ता लिन आग्रह प्रधानमन्त्री ओलीले प्रचण्डसँग आग्रह गरेका छन् । प्रचण्डले पनि अध्यादेश फिर्ता लिन प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।

अहिले बालुवाटारमा ओली र प्रचण्डवीच अन्य नेताहरुसहितको छलफल जारी छ ।

स्रोत्:अन्लाईन खबर्

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram