NarayaniPost.com
शुक्रबार, असार २९, २०८०

राजस्व उत्साहजनक रुपमा उठ्न थाल्यो, पुसमा साढे ५४ अर्ब रुपैयाँ उठाउने लक्ष्य

नारायणी पोस्ट
बिहिबार, पुस २, २०७७

पुस २, २०७७

कोरोनाभाइरस (कोभिड–१९) को माहामारीका कारण प्रभावित बनेको राजस्व संकलन मंसिरबाट उत्साहजनक रुपले उठ्न थालेको छ । मंसिरमा मात्रै २२ अर्ब ८७ करोड ३८ लाख ५१ हजार रुपैयाँ राजस्व संकलन भएको छ । यो लक्ष्यको १०३.३ प्रतिशत हो । मंसिरमा २२ अर्ब १३ करोड ३२ लाख ७१ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य लिइएको थियो ।

आन्तरिक राजश्व विभागको तथ्यांकअनुसार मंसिरमा ६ अर्ब ७८ करोड रुपैयाँ आयकर उठेको छ । मंसिरमा आयकरतर्फ ६ अर्ब ५७ करोड उठाउने लक्ष्य लिइएको थियो । यस्तै मूल्य अभिवृद्धि कर (भ्याट) लक्ष्यको १२४ प्रतिशत उठेको छ । मूल्य अभिवृद्धि कर ६ अर्ब ९२ करोड उठाउने लक्ष्य रहेकोमा ८ अर्ब ६१ करोड रुपैयाँ उठेको आन्तरिक राजस्व विभागका सूचना अधिकारी अर्जुन ढकालले जानकारी दिए । यस्तै अन्तशुल्कमा ७ अर्ब ३३ करोडको लक्ष्य रहेकोमा ६ अर्ब ४७ करोड रुपैयाँ मात्र उठेको छ ।

साउन देखि मंसिरसम्म (५ महिनामा) आन्तरिक राजस्व लक्ष्यको ९६.९८ प्रतिशत उठेको छ । मंसिरसम्म १ खर्ब ३३ अर्ब ४३ करोड १६ लाख ९४ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य हो । तर यस अवधिमा १ खर्ब २९ अर्ब ४० करोड ६९ लाख ९२ हजार राजस्व संकलन भएको छ ।

पाँच महिनामा आयकर ३९ अर्ब ५७ करोड उठेको छ । आयकरको लक्ष्य ३९ अर्ब २३ करोड रुपैयाँ थियो । भ्याटतर्फ ४२ अर्ब ९० करोडको लक्ष्य रहेकोमा ४५ अर्ब ७ करोड रुपैयाँ उठेको ढकालले बताए । यस्तै पाँच महिनामा अन्तशुल्कतर्फ ३० अर्ब ३० करोडको लक्ष्य रहेकोमा ३० अर्ब ९६ करोड रुपैयाँ उठेको छ ।

कोरोनाको कारण राजस्व संकलनको लक्ष्य नै न्युन भएकाले बढी राजस्व संकलन भएको देखिएको ढकालले बताए । ढकालले भने, ‘कोरोनाका कारण केही सामान किन्न नपाएको र अहिले खरिद बढेकोले राजस्व बृद्धि भएको हुनसक्छ । अर्को कारण सूचना प्रविधिको विकास र कर तिर्न कर कार्यालयसम्म धाउन नपर्ने भएकाले बैंकबाटै अथवा घरबाटै तिर्न सक्ने सुविधाका कारण पनि राजस्व संकलन बढेको हो ।’ पछिल्लो समय आर्थिक गतिविधि समेत बढ्दै गएको छ । प्रायजसो क्षेत्रहरु पुरानै अवस्थामा काममा फर्किएका छन् ।

पुस सबैभन्दा बढी आयकर उठ्ने समय
आयकरमा सबैभन्दा बढी राजस्व उठ्ने समय भनेको पुस, चैत र असार हो । आयकर किस्ताबन्दीमा तिरिन्छ । पुसमा ४० प्रतिशत, चैतमा ३० प्रतिशत र असारमा बाँकी ३० प्रतिशत आयकर बुझाउनुपर्ने प्रावधान छ । यसकारण पनि पुसमा सबैभन्दा बढी आयकर उठ्ने गरेको छ ।

विभागले पुसमा मात्रै ५४ अर्ब ४६ करोड उठाउने लक्ष्य लिएको छ । सम्पूर्ण राजस्वको १६ प्रतिशत यही पुसमा संकलन हुने गरेको विभाजले जनाएको छ । पुसमा सम्पूर्ण आन्तरिक राजस्वको लक्ष्य ७२ अर्ब रहेको विभागले जनाएको छ । भ्याट भने सबैभन्दा बढी उठ्ने समय भनेको असार र साउन महिना हो ।

यता सरकारको लेखा राख्ने महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकलाई आधार मान्ने हो भने पाँच महिनामा ३ खर्ब १ अर्ब २८ करोड रुपैयाँ राजस्व संकलन भएको छ । यो कर र गैरकर दुबै हो ।
सरकारको ढुकुटीमा कर, अनुदान, ऋण सहायत सबै गरी ३ खर्ब ३१ अर्ब ८२ करोड ५३ लाख रुपैयाँ पाँच महिनामा जम्मा भएको छ । सरकारको आम्दानी ३ खर्ब ३१ अर्ब ८२ करोड ५३ लाख रुपैयाँ हुँदा खर्च ३ खर्ब २८ अर्ब ४५ करोड ८१ लाख रुपैयाँ भएको छ ।

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram