NarayaniPost.com
मङ्लबार, साउन २, २०८०

केन्द्रभित्र्याएको तीन महिना बित्दासमेत रेल सञ्चालन नभएकोमा सरकारको व्यवहारसँग प्रदेश सरकार रुष्ट

नारायणी पोस्ट
आइतवार, पुस ५, २०७७

२०७७ पुस ५,

जनकपुर । भारतसँग ८४ करोड रुपैयाँमा दुई सेट रेल खरिद गरेर भित्र्याएको तीन महिना बित्दासमेत रेल सञ्चालनको सुरुसार देखिएको छैन । भौतिक पूर्वाधारको कमी, प्राविधिक तथा प्रशासनिक कर्मचारीको अभावजस्ता कारण देखाउँदै जनकपुर–जयनगर रेल सञ्चालनमा ढिलाई भएको हो ।

तीन महिना अघि रेल भित्रिएपछि संघीय सरकार र प्रदेश सरकारबीच श्रेय लिने होड नै चलेको थियो । केन्द्र सरकारले आवश्यक पूर्वाधार तयार नभएको र कर्मचारी भर्ना प्रक्रियामा ढिला भएको कारण देखाएर रेल सञ्चालनमा ढिलाइ हुन गएको जिकिर गर्दै आएको छ ।

रेल भित्रिएको तीन महिना बित्दासमेत रेलमार्गमा भौतिक पूर्वाधारको काम सकिएको छैन भने अर्कातिर रेल चलाउन आवश्यक कर्मचारी पनि छैनन् । जसका कारण तीन महिनादेखि रेल थन्किएर बसेको छ । जयनगरदेखि जनकपुर हुँदै बर्दिबाससम्म सञ्चालनका लागि असोज २ गते भारतबाट भित्र्याएको दुई सेट रेल ३ महिनादेखि पाल मुनि थन्क्याएर राखिएको छ ।
इञ्जिन र बोगीसहितको रेल ल्याइएलगत्तै परीक्षणका लागि जनकपुरसम्म ल्याएपछि स्थानीयवासीमा खुशीयाली नै छाएको थियो । तर, यात्रु बोक्नुपर्ने दुवै रेल अहिले जनकपुरधाममा छैनन्, सीमावर्ती क्षेत्र इनर्वामा सशस्त्र प्रहरीको सुरक्षा घेरामा थन्क्याएर राखिएको छ ।

धनुषाको गणेशमान चारनाथ नगरपालिका निवासी विनोद महराले जनकपुरमा ल्याइएको रेल सञ्चालनमा आउने सुरसार नदेख्दा मन खिन्न भएको प्रतिक्रिया दिए । उनले रेल सञ्चालनमा आएमा सो क्षेत्रका बासिन्दालाई सुविधा पुग्ने र खाद्य सामग्रीहरु समेत सस्तो हुने बताए ।

रेल चलाउने जिम्मेवारी नेपाल रेल्वे कम्पनीको भए पनि उसले अझै कर्मचारी नियुक्त गर्न सकेको छैन । उसले १ सय २९ कर्मचारीका लागि गरेको विज्ञापनमा ३२ हजार ६ सय ८६ जनाको आवेदन परेको छ । कम्पनीले एकातिर आवेदन परेको अढाई महिना बितिसक्दा पनि कर्मचारी छान्न सकेको छैन भने अर्कातिर प्राविधिकहरु भारतबाटै ल्याउनुपर्ने देखिन्छ ।

सञ्चालनमा ल्याउनुको साटो ३ महिनादेखि पाल मुनि राखिएको रेल चेकजाँचका लागि बेलाबखत रेल निर्माण कम्पनीका प्राविधिक इनर्वा आउने गरेका छन् ।
कोकन रेल्वे कम्पनी भारतका इञ्जिनियर एनके वर्माले रेल सञ्चालनमा नआउँदा यसको व्यवस्थापनदेखि रेलको अवस्था समेतको चेकजाँच गरिरहनु परेको बताए । उनले रेल लामो समयदेखि सञ्चालनमा नआउँदा बिग्रिनसक्ने हुनाले चेकजाँच गरिरहनु परेको स्पष्ट पारे ।

जयनगर–बर्दिबास ६९ किलोमिटर दूरीमध्ये पहिलो चरणमा जयनगरदेखि जनकपुरधामको कुर्थासम्म ३५ किलोमिटरमा रेल सञ्चालन गर्ने भनिए पनि भौतिक पूर्वाधारको काम अझै अधुरो छ । रेलको लिक लगायत संरचना हस्तान्तरण पनि भएको छैन ।

केन्द्र सरकारको व्यवहारप्रति प्रदेश सरकार असन्तुष्ट
रेल सञ्चालनमा भइरहेको ढिलासुस्तीप्रति प्रदेश सरकारले समेत असन्तुष्टि जनाएको छ ।
प्रदेश नम्बर २ मा रेल सञ्चालन हुने भएपछि खुसी भएको प्रदेश सरकार रेल चल्ने सुरसार नभएकोमा केन्द्र सरकारप्रति असन्तुष्ट देखिएको छ । रेल सञ्चालनका लागि आफूसँग केन्द्र सरकारले कुनै पनि किसिमको समन्वय र सहकार्य नगरेको प्रदेश सरकारको गुनासो छ ।

प्रदेश २ का भौतिक विकास पूर्वाधार मन्त्री जितेन्द्र सोनलले यस प्रदेशमा रेल सञ्चालन हुँदा प्रदेशवासीलाई आर्थिक, व्यावसायिक रुपमा फाइदा नै पुग्ने बताए । रेल सञ्चालन हुँदा सर्वसाधारणको जीवनशैलीमा सकारात्मक परिवर्तन आउने भएकाले आफूहरु सुरुमा निकै उत्साहित भए पनि केन्द्र सरकारले सञ्चालनमा चासो नदेखाउँदा निराश हुनु परेको उनको भनाइ थियो ।
रेल सञ्चालन प्रक्रियाका बारेमा प्रदेश सरकारसँग केन्द्र सरकारले कुनै पनि किसिमको औपचारिक÷अनौपचारिक जानकारी समेत नगराएको उनले बताए ।
प्रदेश–२ मा रेल सञ्चालन हुने भएकोले यस रेल्वेलाई प्रदेश सरकार मातहत ल्याउन आवश्यक रहेको मन्त्री सोनलले स्पष्ट पारे ।

विसं. १९९४ देखि सञ्चालन भएको जनकपुर–जयनगर रेल सेवा स्तरोन्नतिका लागि ६ वर्ष अघि बन्द भएको थियो । नयाँ लिक बनाउनुका साथै नयाँ रेल ल्याइए पनि समयमै सञ्चालन नहुँदा लिकका सामान चोरी हुने, यसअघि बनाइएका भवनहरु प्रयोगविहीन अवस्थामा रहँदा जीर्ण बन्दै गएको र नयाँ रेलसमेत लामो समय थन्क्याएर राख्दा बिग्रने जोखिम बढ्दै गएको जानकारहरु बताउँछन् ।

कानुन र प्राविधिक सहितका कर्मचारीको अभावका कारण रेल सञ्चालन हुनेबारे अझै पनि टुंगो लाग्न सकेको छैन । माघको पहिलो सातासम्म रेल सञ्चालनमा ल्याउने नेपाल रेल्वे कम्पनीको दाबी रहे पनि सो अनुसार काम कारवाही नहुँदा अझै पनि रेल सञ्चालनबारे टुंगो लाग्न नसकेको हो ।

तत्काल रेल सञ्चानलका लागि चालक सहितका प्राविधिक भारतबाट र प्रशासनिक कर्मचारी आफैले भर्ना गर्ने योजना कम्पनीले बनाएको थियो । ६ महिनाको करारमा विभिन्न पदमा १ सय २९ कर्मचारी भर्ना गर्न कम्पनीले विज्ञापन समेत गरेको थियो । सो विज्ञापन अनुसार ३२ हजार भन्दा बढीले आवेदन भरेका छन् ।

मौखिक परीक्षाबाटै कर्मचारी छनोट गर्ने उद्देश्यले विज्ञापन गरिएता पनि विवाद हुने देखिएपछि प्रक्रिया नै स्थगित छ ।

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram