NarayaniPost.com
शुक्रबार, असार २९, २०८०

कोभिडबाट विदेशमा थप ११ नेपालीको निधन

नारायणी पोस्ट
आइतवार, पुस ५, २०७७

२०७७ पुष ५
कोभिड– १९ को सङ्क्रमणबाट विदेशमा थप ११ नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का अनुसार विगत दुई सातामा युएईमा मात्र थप आठ नेपालीको मृत्यु भएको छ भने यो साता मलेसियामा एक र केन्यामा एक नेपालीको मृत्यु भएको हो ।

काठमाडौं । कोभिड– १९ को सङ्क्रमणबाट विदेशमा थप ११ नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का अनुसार विगत दुई सातामा युएईमा मात्र थप आठ नेपालीको मृत्यु भएको छ भने यो साता मलेसियामा एक र केन्यामा एक नेपालीको मृत्यु भएको हो ।

गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका हालसम्म विदेशमा ५२ हजार १५७ जनामा कोभिड–१९ सङ्क्रमण देखिएको छ । तीमध्ये ४९ देशका ४९ हजार ११० नेपाली कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । यो कूल सङ्क्रमितको ९४ प्रतिशत रहेको हो ।

शनिबार साँझसम्म विश्वका विभिन्न २१ मुलुकमा रहेका सङ्ख्या ३१२ जनाको कोरोना सङ्क्रमणका कारणले निधन भएको स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाले जानकारी दिए । उनका अनुसार यो साता मलेसिया, भारत, कतार, युएई, नाइजेरिया, साउथअफ्रिका, क्यानाडा, अष्ट्रिया, जापान र दक्षिण कोरियामा रहेका नेपालीमा थप कोरोना सङ्क्रमण देखिएको छ ।

गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिले क्रिसमशलगायत अँग्रजी नयाँ वर्षका अवसरमा भीडभाड कम गर्न र सकेसम्म घरभित्रै बसेर पर्व मनाउन आग्रह गरेको छ । क्रिसमश र नयाँ वर्षका अवसरमा मानिस ठूलो सङ्ख्यामा उपस्थित हुने तथा समारोह गर्ने भएकाले त्यसबाट सङ्क्रमणको उच्च जोखिम रहने भएकाले त्यसो नगर्न समितिले आग्रह गरेको हो ।

महामारीको जोखिम कम नभएको र विशेषतः यूरोपेली मुलुकमा सङ्क्रमण अस्वभाविक रुपमा फैलिरहेको भन्दै ती मुलुकमा रहेका नेपालीले अझै सावधानी अपनाउनुपर्ने समितिका संयोजक सापकोटाले बताए।

यसैबीच समितिले विश्वका विभिन्न मुलुकले कोरोनाविरुद्धको खोप लगाउन शुरु गरिसकेको र त्यहाँस्थित केही नेपालीले पनि खोप लगाएकाप्रति खुशी व्यक्त गरेको छ । यद्यपि खोपको सर्वव्यापी सहजता नभएको र अझै कयौं देशमा खोप आउन बाँकी रहेकोले सावधानी आवश्यक रहेको समितिका संयोजक सापकोटाले बताए । उनले अनिवार्य मास्क र स्यानिटाइजरको प्रयोग गर्न पनि सबैलाई आग्रह गरे ।

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram