२०७७ पुष ५
प्रधानमन्त्रीले मन्त्रीपरिषद्मा एकलौटी निर्णय गरेको संसद् विघटनको सिफारिस अहिलेसम्म राष्ट्रपतिसमक्ष नपुगेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
काठमाडौं । प्रधानमन्त्रीले मन्त्रीपरिषद्मा एकलौटी निर्णय गरेको संसद् विघटनको सिफारिस अहिलेसम्म राष्ट्रपतिसमक्ष नपुगेको राष्ट्रपति कार्यलयले जनाएको छ ।
राष्ट्रपतिका स्वकिय सचिव भेषराज अधिकारीले अहिलेसम्म संसद् विघटनसमन्धी त्यस्तो कुनै प्रस्ताप नआएका बताए । प्रधानमन्त्रीले राष्ट्रपतिसँग भेट गरेपनि संसद् विघटनसम्बन्धी लिखत राष्ट्रपति कार्यालयमा प्राप्त नभएको स्वकिय सचिव अधिकारीले बताए ।
यसअघि आजै प्रभानमन्त्री ओलीले करिब एक घन्टा राष्ट्रपतिलाई भेटेर फर्किएका थिए ।
स्रोत: हाम्रो खबर