NarayaniPost.com
बुधबार, साउन ३, २०८०

विश्लेषकहरु भन्छन् : ओलीले पतनको बाटो रोजे !

नारायणी पोस्ट
आइतवार, पुस ५, २०७७

२०७७ पुष ५

काठमाडौं–नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गरेर आफैलाई पतनतिर धकेलेको टिप्पणी हुन थालेको छ ।

राजनीतिक विश्लेषक तुलानानारायण साहले भने, प्रधानमन्त्री अ‍ोलीको यो कदमले देशमा अस्थिरता आउने पक्का भएको छ, अब देशको राजनीति स्थिर रहनेछैन । संसद विघटन सदर–बदर जे भएपनि अहिलेको जस्तो कम्युनिस्ट पार्टी रहने छैन ।’ साहले अहिलेको घटनालाई ‘नेकपाको आन्तरिक द्वन्द्वको विस्फोट’को संज्ञा दिँदै साहले ‘देश नयाँ कोर्षमा प्रवेश गरेको र संसद विघटन भयो भने खेलाडी संख्या थपिने’ टिप्पणी गरे । अहिलेको राजनीतिक रंगमञ्चमा मुख्य शक्तिको रुपमा नेकपा, काँग्रेस र जसपा नेपाल मात्र रहेको उल्लेख गर्दै साहले ‘संसद विघटन भएपछि चुनाव घोषणा नभएसम्म हुने राजनीतिक उतारचढावले अवस्था जे पनि सृजना हुन सक्ने’ बताए ।

प्रधानमन्त्री अ‍ोलीले यो कदम किन चाले त्यो कुरा पछि खुल्दै जाला तर यो एउटा अन्तराष्ट्रिय डिजाइन अन्तर्गत भएको हुनुपर्छ भन्ने आशंका गरिन थालिएको छ । स्थिति त्यस्तै हो भने नेपालमा राजनीतिक अस्थिरताको सिर्जना हुने प्रष्ट छ । । देशमा भइरहेका पछिल्ला अन्तराष्ट्रिय चलखेलले अहिलेको स्थिति निम्तिन सक्ने संकेत पहिल्यै देखापरिसकेको थियो भन्ने पनि विश्लेषण भइरहेको छ ।

नाम उल्लेख गर्न नचाहने एक विश्लेषकका अनुसार, पहिलो संविधानसभा विघटन हुँदा जुन परिदृष्य देशमा देखिएको थिया,े त्यही दृश्य पुन दोहोरिनेछ । त्यसबेला पनि अन्तराष्ट्रिय चेलखेलको शिकार संविधानसभा भएको थियो र अहिले पनि संसद त्यस्तै शिकार भएको उनको भनाइ छ ।

अर्का राजनीतिक विश्लेषक चन्द्रकिशोरले पनि ‘ओलीले आफ्नो पतनको बाटो आफैँ अपनाएको’ टिप्पणी गरे । ‘नेकपाले ओलीलाई दण्डित गरेपनि नगरेपनि जनताले अवश्य दण्डित गर्ने’ टिप्पणी गर्दै ‘ जनताले दिएको म्यान्डेट पूरा गर्न नसकेका कारण अब ओलकिो पतन निश्चित भएको’ उनले बताए ।

संसद विघटन भएपछि हुने चुनावले लोकतन्त्रमा कहीँ त कतै असर पर्ने चन्द्रकिशोरको विश्लेषण छ । ‘अब हुने चुनावले लोकतन्त्र नै समाप्त नभए पनि केही अवश्य असर गर्छ,’ उनले भने, ‘लोकतन्त्रको अभ्यास भइरहेकै बेला यस्तो अवस्था आउनु दुखद छ । अहिलेको अवस्थालाई ‘नेकपाको घर झगडाको परिणाम’ बताउँदै चन्द्रकिशोरले ‘ नेकपा अब पुरानै अवस्थामा नआउने पनि यो घटनाले निश्चित गरेको’ बताए । प्रधानमन्त्री ओलीले कार्यकारी अधिकारको दुरुपयोग गरेको उनको ठम्याइ छ ।

‘नेकपाले नयाँ संविधानलाई पटक पटक उल्लंघन गरेको’ आरोप राजनीतिक विश्लेषक विजयकान्त कर्णको रहेको छ । ‘काँग्रेस र कम्युनिस्ट मिलेर संविधान बनाए, त्यसलाई एउटा तप्तकाले वहिष्कार गर्यो तर पछि त्यही कम्युनिस्टबाट पटक पटक संविधानको उल्लघन भएको र त्यसैको निरन्तरता आजको घटना भएको’ उनको ठम्याइ छ ।

‘प्रधानमन्त्री ओलीको यो कदम गैर संविधानिक र गैर जिम्मेवार यो कदमले उहाँको निरंकुशता प्रष्ट भएको र त्यसले ओली आफैलाई समाप्त गर्ने ’कर्णको कथन छ । उनको बुझाइमा यो घटनापछि नेकपा विभाजन हुने लगभग निश्चित छ, एमालेका शीर्ष नेताहरुले उसलाई साथ नदिने अवस्था देखिएको छ र प्रधानमन्त्री ओली एउटा गुट लिएर बस्ने स्थिति पैदा हुनेछ ।

‘प्रधानमन्त्री ओलीको यो कदमले नेपालको राजनीतिमा दीर्घकालीन प्रभाव पार्ने’ बताउँदै कर्णले ‘यस घटनाले कम्युनिस्टसँग शासकीय क्षमता नरहेको कुरा प्रष्ट भएको’ बताए । ‘झण्डै दुई तिहाई मत दिएर पठाएको कम्युनिस्टले देश सञ्चालन गर्न सकेन, र कानुनी राज्यलाई पनि पालन गर्न सकेन भनी जनता स्पष्ट भएको उनको टिप्पणी छ ।

स्रोत:रातोपटी

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram