राष्ट्रपतिद्वारा संसद् विघटन, प्रतिनिधि सभाकाे चुनाव बैशाख १७ र २७ गते हुने
नारायणी पोस्ट
आइतवार, पुस ५, २०७७
२०७७ पुष ५ राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेकी छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ उपधारा १ र ७ तथा धार ८५ एंव संसदिय प्रणालीको आधारभूत मर्म मुल्य तथा हाम्रो आफ्नै र संसदीय प्रणाली भएका विभिन्न मुलुृकहरुको अभ्यास बमोजिम संसद् विघटन गरेकाे राष्ट्रपति कार्यालयले जनाएको छ ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेकी छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ उपधारा १ र ७ तथा धार ८५ एवं संसदिय प्रणालीको आधारभूत मर्म मुल्य तथा हाम्रो आफ्नै र संसदीय प्रणाली भएका विभिन्न मुलुकहरुको अभ्यास बमोजिम संसद् विघटन गरेकाे राष्ट्रपति कार्यालयले जनाएको छ ।
यसैगरी नयाँजनादेशको लागि २०७८ साल बैशाख १७ गते शुक्रबार पहिलो चरणमा र बैशाख २७ गते सोमबार दोस्रो चरणकाे प्रतिनिधि सभाको निर्वाचनको मिति तोकेकी छिन् । यसअघि मन्त्रीपरिषदले पनि सोही मिति तोक्न सिफारिस गरेको थियो ।
हेटौंडा । हेटौंडा उपमहानगर ५ मा दुर्घटना भएको छ । दुइवटा मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा मा ३ जना घाइते भएका छन् । ना ५१ प ७३५९ निलो पल्सर पिप्लेबाट बजार आउदै गरेको निलो पल्सर र हेटौंडा बाट पिप्ले जाँदै गरेको बा प्र ३ -००४ प १५९९ नम्बर को एन एस […]
सडक भासिएको मस्र्याङ्दी नदी किनारमा दुई पुरुषको शव फेला भेटिएको छ। पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साखर ड्याममा आज बिहान ४ बजे भासिएको सडकबाट बा१० च४६४९नम्बरको कार र मोटरसाइकिल खसेको थियो। मोटरसाइकलमा सवार पुरूष भने सवारी फालेर ज्यान जोगाएका थिए भने कारमानिससहित पहिरोमा खसेको प्रहरीले बताएको छ। लामो जामका कारण यात्रुको बिचल्ली भएको छ। लामो […]
१५ जेठ, चितवन । पोखराबाट जोमसोम उडेर सम्पर्कविहीन भएको जहाज मुस्ताङ जिल्लाको लेतेमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको जानकारी आएको छ।म्याग्दी जिल्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जिवि रानाका अनुसार मुस्ताङ जिल्लाको लेतेमा दुर्घटनाग्रस्त अवस्थामा जहाज भेटिएको र थप जानकारी आउन बाँकी रहेको छ।तारा एयरको ९ एनएईटी टि्वनअटर विमान दुर्घटनामा परेको हो।विमानमा ४ जना भारतीय नागरिकसहित ६ जना विदेशी […]
चितवन,३१ बैशाख । चितवनमा माओवादी केन्द्रले खाता खोलेको छ । इच्छाकामना गाँउपालिका १ मा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका सन्तबहादुर राना विजयी भएका छन् । उनले नेकपा एमालेका उम्मेदवारलाई १० मतको झिनो अन्तरमा पराजित गरेका हुन् ।