NarayaniPost.com
शुक्रबार, असार २९, २०८०

चितवनमा न्युक्लियर मेडिसिन सेवा सुरु

नारायणी पोस्ट
सोमवार, पुस ६, २०७७

२०७७ पुष ६
चितवन मेडिकल कलेजमा चिकित्साशास्त्रको अत्याधुनिक र अति विशिष्ट सेवाअन्तर्गत् न्युक्लियर मेडिसिन सेवा सुरु भएको छ । अत्याधुनिक स्पेक्ट सिटी मेसिन भित्रिएसँगै न्युक्लियर सेवा सुरु भएको हो ।

चितवन । चितवन मेडिकल कलेजमा चिकित्साशास्त्रको अत्याधुनिक र अति विशिष्ट सेवाअन्तर्गत् न्युक्लियर मेडिसिन सेवा सुरु भएको छ । अत्याधुनिक स्पेक्ट सिटी मेसिन भित्रिएसँगै न्युक्लियर सेवा सुरु भएको हो ।

कलेजले यस किसिमको उपकरण नेपालमा मात्रै नभएर भारतमा पनि अहिले जडानको प्रक्रियामा रहेको दाबी गरेको छ ।

अमेरिका, बेलायत र क्यानडाजस्ता देशमा समेत सर्वसुलभरूपमा उपलब्ध नहुने यो प्रविधि आफूले भित्र्याएको अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा. डा. हरिश्चन्द्र न्यौपानेले दाबी गरे ।

यस उपकरण जडानसँगै धेरै बिरामीले उपचार लिने र काठमाडौं उपत्यकासहित देशैभरबाट बिरामी आउने उनको भनाइ छ ।

अस्पतालले उपकरण र जडान गरी करिब रु १४ करोड खर्च गरेर सेवा सञ्चालनमा ल्याएको न्यौपानेले जानकारी दिए ।

अस्पतालको न्युक्लियर मेडिसिन विभाग प्रमुख डा. जीवन पौडेलका अनुसार यस सेवा सुरु भएसँगै मुटु, मस्तिष्क, थाइराइड, फोक्सो, मिर्गाैला, कलेजो, हड्डीका साथसाथै शरीरका प्रायः सबै अंगको गहन जाँच सम्भव हुन्छ । चिकित्सा शास्त्रका प्रायः सबै विभागका बिरामी यसबाट लाभान्वित हुने उनको भनाइ छ ।

पौडेलले भन्नुभयो, ‘‘अबको समयमा थाइराइड क्यान्सरलगायत थाइराइडको जुनसुकै समस्याको चितवन मेडिकल कलेजबाट सफल उपचार हुनेछ । थाइराइडका गलगाँडको बिना अपरेसन सफल र स्थापित उपचार हुन्छ ।’

यस सेवाअन्तर्गत् सानो मात्रामा रेडियोधर्मी औषधि बिरामीको नसाबाट दिएर त्यसबाट निस्कने गामा विकिरणलाई स्पेक्ट सिटीको माध्यमबाट जाँच हुन्छ । यसबाट शरीरका विभिन्न अंगको गहन जाँच सम्भव हुने डा. पौडेलको भनाइ छ ।

थाइराइड क्यान्सरको समेत पूर्णरूपमा सफल उपचार हुने उनले जिकिर गरे ।

न्युक्लियर मेडिसिन (नाभिकीय चिकित्सा) मा विद्यावारिधि गरेका डा. अरुण गुप्ताले यस उपकरण जडानसँगै भारतबाट पनि बिरामी यहाँ आउने बताए । उनले भने–‘‘भारतमा पनि बल्ल यो उपकरण भित्रिने चरणमा छ ।’’

कलेजका प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटाले न्युक्लियर मेडिसिन (नाभिकीय चिकित्सा) सुरु भएसँगै अस्पतालमा थाइराइडको ‘कम्प्रिहेन्सिभ थाइराइड केयर क्लिनिक’ सञ्चालन गर्न लागिएको बताए ।

यसमा न्युक्लियर फिजिसियन, शल्यक्रिया गर्ने चिकित्सक र इन्डोक्राइनोलोजिष्टको टोलीले थाइराइडको क्यान्सरलगायत जुनसुकै समस्याको सफल उपचार गर्ने उनको भनाइ छ ।

वार्षिक चार लाख हाराहारी बिरामीको उपचार गर्दै आएको यस मेडिकल कलेजले आकस्मिक सेवासँगै सिटीस्क्यान, एमआरआई, क्याथल्याबसहितको विशिष्ट सेवा दिँदै आएको छ । यहाँ नेपालभर र भारतबाट पनि बिरामी उपचारका लागि आउने गरेको देवकोटाले जानकारी दिए ।

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram