NarayaniPost.com
बिहिबार, असार २८, २०८०

केपी ओली एमालेबाट चुनाव लड्छन् कि नेकपाबाट ?

नारायणी पोस्ट
सोमवार, पुस ६, २०७७

२०७७ पुष ६ गते

६ पुस, काठमाडौं । संविधानविपरीत संसद भंग गर्ने र मध्यावधि निर्वाचनमा जाने निर्णय लिएका प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बिहान बालुवाटारमा आफूनिकटका सांसदहरुको भेलामा कार्यकारी अध्यक्ष प्रचण्डमाथि प्रश्न गरे– एमालेको अध्यक्षलाई कारवाही गर्ने ?

प्रधानमन्त्री ओलीले चालेको असंवैधानिक कदमपछि अब उनले पूर्वएमालेलाई ब्युँताउने सम्भावना बढेको छ । बालुवाटारको उनको अभिव्यक्तिले पनि एमाले ब्युँतिने संकेत गरेको छ । विगतमा सीपी मैनालीले नेकपा माले ब्यूँताएजस्तै अब ओलीले एमालेको पुनर्जन्म गराउने सम्भावना बढेको हो ।

ओलीनिकट केही कार्यकर्ताहरुले यस अगाडि नै निर्वाचन आयोगमा नेकपा एमाले दर्ता गरिसकेका छन् । ओलीकै निर्देशनमा नै दर्ता भएको भनिएको नयाँ एमालेले सूर्य चिन्ह पाउने सम्भावना छैन ।

यो स्थितिमा अब ओलीले नेकपाको नामबाट नभएर नेकपा एमालेकै नामबाट निर्वाचन लड्ने सम्भावना बढी रहेको नेताहरु बताउँछन् । यद्यपि नेकपाले पाएको सूर्यचिन्ह चाहिँ ओलीले प्राप्त गर्न गाह्रो देखिन्छ । किनभने, पार्टीको बहुमत हिस्सा ओलीसँग रहने छैन र प्रचण्ड–माधव समूहसँगै रहनेछ । यद्यपि निर्वाचन आयोगलाई दबाव र प्रभावमा पारेर ओलीले सूर्य चिह्न लिने कोसिस भने गर्न सक्ने नेताहरु बताउँछन् ।

२०७४ सालको निर्वाचनमा ओलीले राजनीतिक स्थिरता र समृद्धिको नारामा भोट मागेका थिए । २०७२ को भारतीय नाकाबन्दीमा ओलीले लिएको दृढ अडानका निर्वाचनमा एमाले सबैभन्दा ठूलो दलको रुपमा उदाएको थियो । त्यही म्यान्डेटको जगमा ओली प्रधानमन्त्री भए । तर, पाँच वर्षे कार्यकाल पूरा हुन नपाउँदै उनले संसद भंगको घोषणा गरेका छन् ।

अब ओली के नारा र एजेण्डा लिएर निर्वाचनमा जालान् ? उनको आफ्नो कदमको कसरी बचाऊ गर्लान् ? संसद विघटनको औचित्य सावित गर्न उनलाई निकै कठिन पर्ने देखिन्छ ।

नेकपाका बरिष्ठ नेता माधवकुमार नेपाल भने अब केपी ओलीमाथि अनुशासनको कारवाही हुने बताउँछन् । ओली कम्युनिस्ट पार्टीको साधारण सदस्यसमेत रहन अयोग्य देखिएको नेता नेपालको तर्क छ ।

कारवाही परेको व्यक्तिले पूर्वएमाले ब्युँताएर केही पार नलाग्ने नेता नेपालको भनाइ छ । अनलाइनखबरसँगको अन्तरवार्तामा बरिष्ठ नेता नेपालले भनेका छन्, ‘विघटित भइसकेको पार्टी ब्युँतिने कुनै सम्भावना नै हुँदैन । त्यसोभए त्योभन्दा पहिलेको मालेलाई ब्युँताइदिए के हुन्छ ? त्योभन्दा पहिले कोर्डिनेशन केन्द्रलाई ब्युँताइदिए के होला ? त्योभन्दा पहिले झापा जिल्ला कमिटीलाई ब्युँताइदिए के होला भन्नुहोला, त्यसको कुनै अर्थ छैन ।

स्रोत :अनलाइनखबर

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram