NarayaniPost.com
सोमवार, साउन १, २०८०

ओलीकाे दाबी- पार्टी जोगाउन ताजा जनादेश लिने निर्णय

नारायणी पोस्ट
सोमवार, पुस ६, २०७७

२०७७ पुष ६

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको भविष्य जोगाउने अरु कुनै विकल्प नभएपछि भारी मनका साथ आफूले ताजा जनादेश लिने निर्णय गरेको बताएका छन् ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको भविष्य जोगाउने अरु कुनै विकल्प नभएपछि भारी मनका साथ आफूले ताजा जनादेश लिने निर्णय गरेको बताएका छन् । विघटित प्रतिनिधिसभाका सदस्यको आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित भेलालाई सम्बोधन गर्नेक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष ओलीले मुलुकको उन्नतिका लागि गरिएका हरेक काममा अवरोध आएको तथा पार्टीका एकथरी नेताले जनादेश बिर्सेर सधैंँ सरकारका काममा अवरोध मात्रै आएको जनाउँदै पार्टीको आन्दोलन र भविष्य जोगाउन अरु कुनै विकल्प नभएपछि जनतामा जाने निर्णय गर्नुपरेको स्पष्ट गरे ।
उनले विचार, सङ्गठन र गन्तव्यमा स्पष्ट विशाल पार्टी बनाउने उद्देश्य सफल पार्न आफू सक्रिय रहेको तर पार्टीका अन्य नेताहरु सरकार र मुलुकको काममा अवरोध गरी विग्रहतिरको बाटामा अग्रसर भएको आरोप लगाउँदै भने, “हामी एकता, एकीकरणका काम टुङ्ग्याएर सहमतिका साथ महाधिवेशन गर्ने, विचार, सङ्गठन र गन्तव्यमा स्पष्ट हुने पार्टी बनाउन सक्रिय थियौंँ तर नेताहरु पछाडि फर्कनै नसक्ने गरी समीकरणका आधारमा पार्टीलाई चिरा पार्ने र बिग्रह, बेमेलको वतावरण निर्माण गर्न अग्रसर हुनुभयो ।”
अप्ठेरो अवस्थामा जनतासमक्ष जानुलाई निरङ्कुश कदम भनी चलाइएको हल्ला गलत भएको जनाउँदै उनले अवरोध खडा गरेपछि जनतामा जानु उच्च लोकतान्त्रिक कदम भएको ठोकुवा गरे । “एकतापछि पार्टी सचिवालयका ७५ वटा सचिवालय बैठक भए, कुनै बैठकमा पनि देश, जनतासँग सम्बन्धित विषयमा छलफल गर्न उहाँहरु कहिल्यै राजी हुनुभएन, मेरा मान्छेलाई खोइ, मलाई खोइ, उधारो होइन, हातहाती चाहिन्छ भनी उहाँहरुको स्वार्थले घेरिनुप¥यो”, प्रधानमन्त्री ओलीले भने ।
“साढे दुई वर्षमा यति धेरै अवरोधका बीच पनि विकास र समृद्धिका सुस्पष्ट योजनासाथ अघि बढ्यौंँ र यसमा सफलता पनि पाएका छौं । वर्षौँदेखि पछौटे रहेको देश एकै पटक बनिसकेको हुँदैन, त्यही क्रममा बेथितिका झिल्का देखाएर केही नगरेको भन्ने प्रचारबाजी भए”, उनले भने, “सरकारले के गरिरहेको छ र त्यसलाई बदनाम गर्न के प्रचार भइरहेको छ जनताले बुझेका छन् ।”
प्रधानमन्त्री ओलीले विघटित प्रतिनिधिसभाका सदस्यलाई निर्वाचन क्षेत्रमा केन्द्रित रहेर चुनावी तयारी गर्न निर्देशन पनि दिए । “तपाईंहरु अब निर्वाचन क्षेत्र जानुहोस्, हामीले गरेका अभूतपूर्व कामहरुलाई रोक्न भएका षड्यन्त्रबारे जनतालाई बुझाउनुहोस्”, प्रधानमन्त्री ओलीले भने, “कसले काम ग¥यो, कसले काम गर्न अवरोध गरेर षड्यन्त्र, तिकडम मात्र ग¥यो, जनतालाई बुझाउनुपर्छ ।”
संसद् विघटन आइतबार भएपछि प्रधानमन्त्री ओलीले आफ्ना निकटका निवर्तमान सांसदलाई आज बालुबाटारमा बोलाउनुभएको थियो । प्रतिनिधिसभा निर्वाचन आगामी वैशाख १७ र २७ गतेका लागि तोकिएको छ ।

स्रोत :हाम्रो खबर

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram