२०७७ पुष ६ गते
काठमाडौं । जापानले आगामी आर्थिक वर्षमा सेनालाई दिँदै आएको बजेट बढाउने निर्णय गरेको छ । जापानका प्रधानमन्त्री योसिहिडे सुगाको सरकारले आगामी अप्रिलदेखि सुरु हुन लागेको आर्थिक वर्षका लागि निसेनामा गरिने खर्च बढाउनेर्णय गरेको हो ।
सेनाको लागि आधुनिक हतियार खरिद गर्दै चीनको बढ्दो सैन्य प्रभावलाई नियन्त्रणको लागि जापानले सेनामा खर्च बढाउने निर्णय गरेको हो ।
जापानले लगातार नवौं वर्ष सेनाको खर्च बढाउन लागेको हो । आगामी आर्थिक वर्षका लागि जापानले सेनामको खर्च यस वर्षको भन्दा एक दशमलव १ प्रतिशत बढी अर्थात् ५१ अर्ब ७० करोड डलर खर्च पुर्याउने निर्णय गरेको हो ।
जपानमा सेनाको खर्च बढाउने निर्णय विवादित रहँदै आएको छ । तर, पूर्व प्रधानमन्त्री सिन्जो आबेकै पथमा सुगाले पनि सेनामा खर्च बढाउने निर्णय गरेका हुन् ।
विशेषगरी चीनले आफ्नो सेनामा बढाइरहेको खर्चको कारण उत्पन्न हुन सक्ने जोखिमबाट बच्न जापानले सेनामा खर्च बढाउने निर्णय गरेको हो ।
यस वर्ष चीनले सेनाको खर्च ६ दशमलव ६ प्रतिशत बढाउने योजना बनाएको छ । यो वृद्धिदर पछिल्लो ३० वर्षमा सबैभन्दा कम हो ।