कोरोना भाइरसको नयाँ रुप , के भ्याक्सिनले काम गर्ला ?
नारायणी पोस्ट
सोमवार, पुस ६, २०७७
२०७७ पुस ६ गते
बेलायतमा कोरोना भाइरसको नयाँ रुपले धेरैलाई बिरामी पारिरहेको छ । संक्रमितको संख्यामा दिनानुदिन वृद्धि हुन थालेपछि र अस्पतालले बिरामीको चाप धान्न नसक्ने स्थिति सिर्जना हुन थालेको छ । फलत: बेलायतले चौथो चरणको कडा लकडाउनको घोषणा गरेको छ ।
यससँगै थुप्रै देशले बेलायतमाथि यात्रा प्रतिबन्ध लगाइदिएको छ ।
बेलायतमा पनि अहिलेसम्मकै सबैभन्दा कडा प्रतिबन्ध लगाइएको छ । यो परिवर्तित भाइरस निकै कम समयमा बेलायतका विभिन्न हिस्सामा तीब्र रुपमा फैलिसकेको छ ।
बेलायत सरकारका सल्लाहकारका अनुसार, यसअघिका भन्दा यो नयाँ रुपको काेरानाभाइरस बढी संक्रामक छ ।
वास्तवमा भाइरसले सधैं आफ्नो रुप फेरिरहन्छ अर्थात् यिनीहरु सधैं म्यूटेट भइरहन्छन् । त्यसैले त्यसको व्यवहारमा आइरहेको परिवर्तन र त्यसले निम्त्याउन सक्ने सम्भावित जाेखिमका बारेमा थाहा पाउन वैज्ञानिकहरुले निरन्तर निगरानी गरिरहेका हुन्छन् ।
तर हालसम्म यसबारे जति पनि जानकारी भेटिएको छ, त्यो अपूराे र कम छ । यसबारे विभिन्न प्रश्नहरु उठ्ने गरेका छन् र अहिलेसम्म तिनको ठोस उत्तर फेला पर्न सकेको छैन ।
यसले चिन्ता किन बढाएको छ ?
बेलायतमा अहिले तीब्र रुपमा संक्रमण फैलाइरहेकाे भाइरले तीन कारणले सबैको ध्यान आफूतर्फ खिचिरहेको छ ।
– यसले भाइरसको दोस्रो प्रकारको स्थान तीब्र रुपमा ओगटिरहेको छ ।
– भाइरस ती हिस्सामा पनि परिवर्तन भएका हुनसक्छन् जुन संक्रमण फैलाउने सवालमा महत्वपूर्ण हुन्छन् ।
– प्रयोगशालाको परीक्षणमा देखिएअनुसार केही म्युटेशनसँगै तिनीहरुको मानव कोशिकालाई संक्रमित गर्ने क्षमता बढ्ने गर्छ ।
यी सबै कुराले काेरोनाभाइरसकाे अहिलेकाे रुपले पहिलेको तुलनमा अत्यधिक रुपमा संक्रमण फैलाउन सक्छ भन्नेतर्फ संकेत गरिरहेको छ । यद्यपि, ठोस रुपमा अहिले नै यसबारे केही भन्न सकिँदैन ।
सही समयमा सही स्थानमा पुगेको खण्डमा भाइरसको यो नयाँ प्रकार निकै सामान्य हुनसक्छ । लण्डनलाई एउटा उदाहरण मान्न सकिन्छ जहाँ अहिलेसम्म खासै कडा प्रतिबन्ध लगाइएको थिएन ।
कोभिड–१९ जिनोमिक्स यूके कन्सोर्टियमका प्राध्यापक निक लोमनले भने, ‘प्रयोगशालाको परीक्षण आवश्यकता पर्ने कुरा साँचो हो तर कुनै कदम उठाउनु अघि तपाईं हप्ता वा महिनाको प्रतिक्षा गर्न चाहनुहुन्छ ? मलाई लाग्दैन कि यस्तो स्थितिमा प्रतिक्षा गर्न सकिन्छ ।’
बेलायतमा यो कति तीब्र रुपमा फैलिरहेको छ ?
कोरोनाको यो प्रकारबारे सबैभन्दा पहिला सेप्टेम्बरमा थाहा भएको थियो । नोभेम्बरमा लण्डनमा कोरोना संक्रमणको एक चौथाई मामिला यो भाइरसका कारण निम्तिएको थियो ।
तर डिसेम्बरको मध्य आउँदा नआउँदै दुई तिहाई मामिलामा संक्रमणका कारण यहि भेरियन्ट पाइयो ।
बेलायती प्रधानमन्त्री बोरिस जोनसनले शनिबार भाइरसको नयाँ भेरियन्टका लागि हाल ठोस जानकारी नभएको तर यसले गर्दा कोभिड–१९ को संक्रमण हुने पनि निश्चित भएको बताउँदै यो पहिलाको तुलनामा ७० प्रतिशत बढी संक्रामक हुनसक्ने जानकारी दिए ।
७० प्रतिशतको यो आँकडा लण्डनको इम्पेरियल कलेजका डाक्टर एरिक वोल्सले गत शुक्रबार दिएका थिए ।
उनले भनेका थिए, ‘अहिले नै केही भनिहाल्न हतार गरेसरह हुनेछ तर यो पहिलाको प्रकारको तुलनामा तीब्र रुपमा फैलिरहेको छ । यसमाथि निगरानी राख्न पनि अत्यावश्यक छ ।’
कहाँ–कहाँ फैलियो यो फेरिएको भाइरस ?
भाइरसको यो नयाँ प्रकार कि त बेलायतमा कुनै रोगीमा देखा परेको हुनसक्ने वा कोरोनाको म्युटेशन अर्थात् परिवर्तनमा निगरानी राख्ने सुविधा नभएको कुनै देशबाट बेलायत भित्रिएको हुनसक्ने अनुमान गरिएको छ ।
यो नयाँ प्रकार उत्तरी आयरल्याण्डबाहेक पूरा बेलायतमा फैलिसकेको छ । तर लण्डन, दक्षिण–पूर्व बेलायत र पूर्वी बेलायतमा यसका बढी संक्रमित पाइएका छन् ।
संसारभरी भाइरसको जेनेटिक कोडमाथि नजर राख्ने संस्था नेक्स्टस्ट्रेनको आँकडाबाट पत्ता लागे अनुसार डेनमार्क र अष्ट्रेलियामा पनि यो परिवर्तित भाइरस भेटिएको छ । तर ती स्थानमा यी भाइरस बेलायतबाट आएका मानिसहरुबाटै पुगेको हो ।
नेदरल्याण्डमा पनि यो भाइरसका कही मामिला भेटिएका छन् ।
दक्षिण अफ्रिकामा पनि योसँग मिल्दोजुल्दो एक भाइरसको प्रकार भेटिएको छ तर त्यसको बेलायतमा भेटिएको भाइरससँग कुनै सम्बन्ध छैन ।
के पहिले पनि यस्तै भएको छ ?
हो ।
त्यो कोरोनाभाइरस जुन सबैभन्दा पहिला चीनको ऊहानमा भेटिएको थियो, त्यो ती भाइरसभन्दा भिन्न छन् जुन अहिले संसारभरी भेटिएका छन् ।
D614G प्रकारको भाइरस फेब्रुअरीमा युरोपमा भेटिएको थियो र अहिले संसाररी सबैभन्दा बढी यही प्रकार भेटिएको छ ।
A222V अर्को एउटा प्रकार थियो जुन युरोपमा फैलियो । यो ती मानिसहरुमार्फत् फैलियो जो स्पेनमा गर्मीको छुट्टी मनाउन गएका थिए ।
त्यसो भए बेलायतमा यो नयाँ प्रकार कहाँबाट आयो ?
बेलायतमा अहिले भाइरसको जुन प्रकार भेटिएको छ, त्यो पहिलेको भन्दा निकै परिवर्तित छ ।
यसको सबैभन्दा ठूलो कारण यो हुनसक्छ कि यो कुनै यस्तो रोगीको शरिरमा फेरियो जसको प्रतिरोधी क्षमता असाध्यै कमजोर थियो, जसका कारण उनले भाइरसलाई मार्न सकेनन् ।
र यस्तै रोगीको शरीरमा नै यी भाइरस थप बलियो बनेर आफ्नो रुपमा फेर्न गर्छन् ।
त्यसो भए यसले संक्रमण थप खतरनाक हुनेछ ?
हालका लागि यसको कुनै प्रमाण त छैन तर यसको निगरानी गर्नुपर्नेछ ।
तर यसले स्थिती थप खराब पार्न सक्छ र यदि यसका कारण संक्रमण बढेको खण्डमा अस्पतालमाथि दबाब बढ्नेछ ।
भाइरसको नयाँ प्रकारमा भ्याक्सिनको असर हुनेछ ?
यो लगभग निश्चित छ कि यसले असर पुर्याउनेछ, कम्तिमा अहिलेसम्म त यस्तै लागिरहेको छ ।
बेलायतमा अहिले जुन तीन भ्याक्सिन छन्, त्यसले शरीरको प्रतिरोधी क्षमता बलियो बनाउँछ ।
यस्तोमा भाइरसले आफ्नो रुप फेरे तापनि प्रतिरोधी क्षमताले त्यसमाथि हमला गरेर त्यसलाई निस्प्रभावी बनाउनेछ ।
यद्यपि, क्याम्ब्रिज युनिभर्सिटीका प्राध्यापक रवि गुप्ताका अनुसार यदि भाइरसलाई म्युटेट हुन दिने हो भने यो चिन्ताको कुरा हुनसक्छ । डाक्टर रवि गुप्ताले भने, ‘भाइरस भ्याक्सिनबाट बच्ने स्थितीमा छ, यो त्यो दिशामा केही कदम अघि पनि बढिसकेको छ ।’
वास्तवमा भाइरस भ्याक्सिनबाट बच्नका लागि आफ्नो स्वरुपमा परिवर्तन गरिरहन्छ जसका कारण भ्याक्सिन पूर्ण रुपमा प्रभावकारी हुन पाउँदैन र भाइरसले मानिसलाई संक्रमित गरिरहन्छ ।
यस्तोमा अहिले जे भइरहेको छ, त्यो सबैभन्दा चिन्ताको कुरा बनेको छ ।
बेलायतको ग्लास्गो युनिभर्सिटीका प्राध्यापक डेविड रोबर्टसनले गत शुक्रबार भनेका थिए, ‘भाइरसले यस्तो म्युटेन्ट बनाउन पनि सक्छ जसका कारण ऊ भ्याक्सिनबाट बच्न सक्छ ।’
यदि यस्तै भए स्थिति फ्लू जस्तै हुनेछ जहाँ भ्याक्सिनलाई नियमित रुपमा अपडेट गरिरहनु पर्नेछ ।
राम्रो कुरा के हो भने अहिले जुन भ्याक्सिन आएका छन् त्यसमा निकै सजिलै परिवर्तन गर्न सकिने खालका छन् । – बीबीसी
हेटौंडा । हेटौंडा उपमहानगर ५ मा दुर्घटना भएको छ । दुइवटा मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा मा ३ जना घाइते भएका छन् । ना ५१ प ७३५९ निलो पल्सर पिप्लेबाट बजार आउदै गरेको निलो पल्सर र हेटौंडा बाट पिप्ले जाँदै गरेको बा प्र ३ -००४ प १५९९ नम्बर को एन एस […]
सडक भासिएको मस्र्याङ्दी नदी किनारमा दुई पुरुषको शव फेला भेटिएको छ। पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साखर ड्याममा आज बिहान ४ बजे भासिएको सडकबाट बा१० च४६४९नम्बरको कार र मोटरसाइकिल खसेको थियो। मोटरसाइकलमा सवार पुरूष भने सवारी फालेर ज्यान जोगाएका थिए भने कारमानिससहित पहिरोमा खसेको प्रहरीले बताएको छ। लामो जामका कारण यात्रुको बिचल्ली भएको छ। लामो […]
१५ जेठ, चितवन । पोखराबाट जोमसोम उडेर सम्पर्कविहीन भएको जहाज मुस्ताङ जिल्लाको लेतेमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको जानकारी आएको छ।म्याग्दी जिल्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जिवि रानाका अनुसार मुस्ताङ जिल्लाको लेतेमा दुर्घटनाग्रस्त अवस्थामा जहाज भेटिएको र थप जानकारी आउन बाँकी रहेको छ।तारा एयरको ९ एनएईटी टि्वनअटर विमान दुर्घटनामा परेको हो।विमानमा ४ जना भारतीय नागरिकसहित ६ जना विदेशी […]
चितवन,३१ बैशाख । चितवनमा माओवादी केन्द्रले खाता खोलेको छ । इच्छाकामना गाँउपालिका १ मा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका सन्तबहादुर राना विजयी भएका छन् । उनले नेकपा एमालेका उम्मेदवारलाई १० मतको झिनो अन्तरमा पराजित गरेका हुन् ।