NarayaniPost.com
सोमवार, साउन १, २०८०

नयाँ कोरोनाको कारण बेलायतमा दुई साताभित्र खाद्यान्न संकट हुनसक्ने

नारायणी पोस्ट
बुधबार, पुस ८, २०७७

काठमाडौं ८ पुस २०७७

लन्डन । सन् २०२० अन्तिम घडीमा आइपुग्दा यतिबेला बेलायत थुप्रै समस्याले ग्रस्त भएको छ । ब्रेक्जिटको अवधि अब केहि दिनमात्र बाँकी रहँदा अहिलेसम्म कुनै अन्तिम टुंगो लाग्न सकेको छैन । कोरोना भाइरसको नयाँ स्वरूप देखा परेपछि बेलायत यतिबेला झन्डै पाँच दर्जन मुलुकहरुबाट तिरस्कृत बन्न पुगेको छ । बेलायतको मुख्य व्यापारिक नाकाको रुपमा रहेको डोबर नाका फ्रान्सले ४८ घन्टाको लागि बन्द गरेपछि एक हजार पाँच सय भन्दा बढी लरीहरु सडकमै अलपत्र भैरहेका छन् । बेलायतमा दुई साताभित्र खाद्यान्न संकट हुनसक्ने प्रधानमन्त्री बोरिस जोन्सनले यसघि नै बताइसकेका छन् ।

बेलायतमा तीव्र रुपमा फैलिरहेको कोरोना भाइरसले नयाँ रुप परिवर्तन गरेपछि कोरोना विरुद्धको भ्याक्सिन्ले जगाएको आशालाई निराशामा परिवर्तन गरिदिएको छ । यद्धपि यसबारेमा वैज्ञानिकहरुले थप अनुसन्धान गरिरहेका छन् । यतिबेला रेल यातायात, हवाई यातायात तथा सडक यातायातमा समेत अवरुद्ध हुँदा बेलायतले ठूलो संकट खेपिरहेको छ । कोरोना परीक्षण गरेर नेगेटिभ भएकालाई जान दिनुपर्ने अधिकारीहरुले बताउँदै आएका छन् ।

विभिन्न आन्तरिक समस्या झेलिरहेको बेलायतमा कोरोना संक्रमण दर अत्यधिक रुपले बढेको छ । पछिल्लो २४ घन्टामा ३६ हजार भन्दा बढी कोरोना संक्रमित थपिएका छन् । यो संख्या अहिलेसम्मको सबैभन्दा बढी हो । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले दिएको जानकारी अनुसार मंगलबार सांझसम्ममा ३६ हजार ८०४ जना नयां कोरोना संक्रमित थपिएका छन् । यससंगै बेलायतमा कोरोना संक्रमितको संख्या २१ लाख दश हजार ३१४ पुगेको छ ।

यसै गरि पछिल्लो २४ घन्टामा थप ६९१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६८ हजार ३०७ पुगेको छ । दैनिक हस्पिटल भर्ना हुनेकोरोना सनाक्रमित को संख्या पनि उल्लेख्य वृद्धि भएको स्वास्थ्य विभागले जनाएको छ ।

संक्रमण दर नियन्त्रण भन्दा बाहिर गएको भन्दै सरकारले विशेष गरि लन्डन क्षेत्रमा ‘टीयर ४’ नाम दिएको लकडाउनको घोषणा गरेको छ, जुन यसघि गरिएको देशव्यापी लकडाउन जस्तै छ । हाल बेलायतमा देखिएको नयां किसिमको भाइरस ‘भियूआइ(२०२०१२०१’ यसअघिको भन्दा ७० प्रतिशतसम्म बढी संक्रामक रहेको जनाएका छन् । स्रोत : रातोपाटी

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram