११ पुस २०७७
हेटौँडा । राक्सिराङ गाउँपालिका वडा नं १ मा हिजो दिउँसो ३ बजेतिर हेटौडाको नेवारपानीबाट राक्सिराङ १ तर्फ जाँदै गरेको बोलेरो अनियन्त्रित भइ ग १ ज ७२८९ नं को बोलेरो दुर्घटना हुदाँ बोलेरोमा सवार १७ जना घाइते भएकाहरुको लागि राक्सिराङले ५० हजार दिने भएको छ।
राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले शनिबार बिहान चुरेहिल अस्पतालमा पुगेर उपचाररत घाइतेहरुको अवस्थाको बारेमा जानकारी लिँदै गाउँपालिकाले उपचारमा ५० हजार सहयोग गर्ने प्रतिवद्धता जनाएका छन। सो बोलेरो ब्रेक फेल भएर अनियंत्रित भई दूर्घटना हुँदा राक्सिराङ गाउँपालिका–१ का २२ जना घाइते भएका थिए । घाइतेमध्ये केही उपचार गराएर घर फर्किसकेका छन् भने १६ जनाको चुरेहिल अस्पताल र एकजनाको चितवनस्थित पुरानो मेडिकल कलेजको आइसियुमा उपचार भइरहेको अस्पतालले जनाएको छ।