NarayaniPost.com
बिहिबार, असार २८, २०८०

गुरुङ राष्ट्रिय परिषद चितवनको ‘तमु ल्होसार’ पर्व स्थगित

नारायणी पोस्ट
आइतवार, पुस १२, २०७७

चितवन । तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् चितवनले यस वर्ष तमू ल्होसार पर्वलाई स्थगित गरेको छ । परिषद्का अध्यक्ष गणेशबहादुर गुरुङले कोभिड–१९ को महामारीका कारण यस वर्ष तमू ल्होसार पर्वलाई स्थगित गरिएको शनिबार विज्ञप्ति मार्फत जानकारी गराए ।
विज्ञप्तिमा भनिएको छ – ‘हालको विषम परिस्थितिलाई मध्यनजर गर्दै यस वर्ष कुनै पनि सार्वजनिक कार्यक्रमहरु नगर्नु नगराउनु हुन अनुरोध छ । आ–आफ्ना धार्मिक, सामाजिक स्थलहरुमा सरसफाइ, ध्वजा, तोस, फूलमालाले सजिसजाउ गर्ने गराउने, प्रत्येक धार्मिक, सामाजिक स्थलहरु र प्रत्येक तमुहरुको घरघरमा दिप प्रज्वलन गर्न हुन अनुरोध छ ।’
पुस १५ गते बिहान बिहान सामाजिक दूरी कायम गर्दै आ–आफ्ना धार्मिक स्थलहरुमा धर्मगुरुहरुबाट पूजापाठ गराउने र च्युल्हो (मुसावर्ग) को विदाई गर्दै, ल्वोल्हो (गाईवर्ग) लाई स्वागत गर्ने र एक आपसमा शुभकामना आदानप्रदान गर्न गराउन सबै गुरुङ समुदायलाई अनुरोध गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
परिषद्ले प्रत्येक वर्ष तीन खोले गुम्बामा गुरुङ समुदायहरुको पर्व तमु ल्होसार मनाउँदै आएको छ ।

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram