२०७७ पुष १३
काठमाडौं । नेपाल भ्रमणमा रहेको चिनियाँ टोली नेकपाको प्रचण्ड-माधव नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगेको छ ।
सोमबार बिहान चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग उपमन्त्री गुओ यझाउसहितको टोली भेटघाटका लागि प्रचण्ड निवास खुमलटार पुगेको हो ।
नेपालमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी विभाजनको संघारमा पुगेका बेला उपमन्त्रीसहितको टोली आइतवार नेपाल आएका थिए । पार्टी विवाद उत्कर्षमा पुगी विभाजनको अवस्थामा पुगेका बेला चिनियाँ टोली नेपाल आउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
आज नै प्रचण्ड नेपाल समूहका अर्का अध्यक्ष माधव कुमार नेपाललाई समेत भेट्ने कार्यक्रम रहेको छ ।
नेपालस्थित चिनियाँ राजदूतावासले मिलाएको भेटवार्ता अनुसार आईतबार नै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट चिनियाँ टोलीसँग भेटघाट गरिसकेको छ ।