२०७७ पुष १३
प्रधानमन्त्री केपी शर्मा ओलीले असंबैधानिक रुपमा गरेको प्रतिनिधि सभा विघटन गरेको विरोध गर्दै नेपाली कांग्रेसले आज देशैभर निर्वाचन क्षेत्रबाट विरोध गरिरहेकाे छ ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले असंबैधानिक रुपमा गरेको प्रतिनिधि सभा विघटन गरेको विरोध गर्दै नेपाली कांग्रेसले आज देशैभर निर्वाचन क्षेत्रबाट विरोध गरिरहेकाे छ ।
सोमबार काठमाडौं लगाएत देशका सबै १६५ वटै निर्वाचन क्षेत्रमा प्रदर्शन गरिहेको छ । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेकाले कांग्रेसले पुनःस्थापनाको माग नगराखे पनि त्यसलाई सर्वसत्तावादको आरम्भ भन्दै विरोध जनाएको छ ।
तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा प्रदर्शन भइरहेको छ भने विराटनगरमा कांग्रेस नेता डा. शेखर कोइरालाको नेतृत्वमा विराटनगरमा कांग्रेसले प्रदर्शन गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाले भक्तपुरमा सम्बोधन गर्ने कार्यक्रम छ ।
स्रोत: हाम्रो खबर