NarayaniPost.com
बुधबार, असार २७, २०८०

नदी नियन्त्रणमा जुट्दै चितवनको खैरहनी नगरपालिका

नारायणी पोस्ट
मङ्लबार, पुस १४, २०७७

२०७७ पुष १४

चितवन,

बर्सेनि वर्षायाममा डुबानको समस्या झेल्दै आएको पूर्वी चितवनको खैरहनी नगरपालिका नदी नियन्त्रणमा जुटेको छ । नगरपालिका हुँदै बग्ने राप्तीसहितको नदी तथा खोलामा तटबन्धन र स्पर निर्माणमा जुटेको हो ।

नगरपालिका प्रमुख लालमणि चौधरीका अनुसार नदी नियन्त्रणमा मात्रै यस वर्ष रु सात करोडभन्दा बढी खर्च गरिँदैछ । स्वीस सरकारको पूर्वी चितवन नदी नियन्त्रण तथा जीविकोपार्जन कार्यक्रम र खैरहनी नगरपालिकाको संयुक्त लगानीमा निर्माणको काम थालिएको हो ।

राप्ती नदीमा स्पर निर्माण भइरहेको छ भने अन्य खोलामा तटबन्धनको काम थालिएको प्रमुख चौधरीले जानकारी दिनुभयो । खैरहनी वडा नं ७ र ९ को वैरहनी दक्षिण सिमाना भएर बगेको पम्फाखोलामा रु एक करोड ८० लाख बराबरको तटबन्धनको काम भइरहेको छ । त्यस्तै बूढीराप्ती खोलाको गौचरनमा रु ८० लाख बराबरको काम भइरहेको छ ।

बूढीराप्ती खोलाकै फसेर्नीमा रु ६० लाख, लदराखोलामा रु ३९ लाख र लदराखोला होलिल्याण्ड जाने बाटोमा रु ८० लाख बराबरको तटबन्धनको काम भइरहेको छ । राप्ती नदीमा चार स्पर निर्माणको काम थालिएको छ । त्यसका लागि झण्डै रु दुई करोड खर्च लाग्ने चौधरीको भनाइ छ । अन्य सानातिना तटबन्धनका काम पनि भइरहेका छन् ।

नदी तथा खोलाले कटान गरेर खेतीयोग्य जमिन क्षति हुने भएकाले ती खेतीयोग्य जमिनलाई जीविकोपार्जनसँग जोडेर तटबन्धनको काम गरिएको उहाँले बताउनुभयो । पूर्वी चितवन नदी नियन्त्रण तथा जीविकोपार्जन कार्यक्रम अहिले दोस्रो चरणमा सञ्चालन भइरहेको छ । सो परियोजनाअन्तर्गत पूर्वी चितवन नदी नियन्त्रण तथा जीविकोपार्जन कार्यक्रमको ६० प्रतिशत, खैरहनी नगरपालिकाको ३० प्रतिशत र उपभोक्ताको १० प्रतिशत साझेदारीमा काम भइरहेको छ । यो कार्यक्रमले खेतीयोग्य जमिन संरक्षणमा मद्दत पुगेको चौधरीले बताउनुभयो । रासस

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram