NarayaniPost.com
सोमवार, साउन १, २०८०

कृषिकार्यमा सहजता सिँचाइ आयोजनाले ३२६ पावरटिलर वितरण गर्दै

नारायणी पोस्ट
मङ्लबार, पुस १४, २०७७

२०७७ पुष १४

किसानले कृषि यान्त्रिकीकरणमा जोड दिन थालेका छन् । कृषिकार्यमा सहजता तथा कृषि उत्पादकत्वमा वृद्धि हुने भएकाले किसानले पछिल्लो समयमा कृषियन्त्रको प्रयोग बढाउँदै जाँदा मागसमेत बढ्दै गएको छ । कृषियन्त्रअन्र्तगत सबैभन्दा धेरै पावरटिलर ट्र्याक्टर किसानको रोजाइमा परेको रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषितर्फका प्रमुख भरतप्रसाद कँडेलले बताए । “यस आर्थिक वर्षमा यान्त्रिकीकरण अनुदान कार्यक्रमअन्र्तगत एक हजार २०० किसानले विभिन्न यन्त्रको माग गरेका छन्”, कँडेलले भने, “किसानको माग बर्सेनि बढ्दै गएको छ । किसानले यन्त्र तथा औजारको माग बढाएका छन् । माग हेर्दा कृषि किसानको कर्म बन्न थालेको प्रष्ट हुन्छ ।”

राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषितर्फले कृषियन्त्रमा किसानलाई ५० प्रतिशत अनुदान दिने गरेको छ । व्यावसायिक किसानलाई छनोट गरी कृषि उत्पादकत्व बढाउन सक्ने किसानलाई ५० प्रतिशत छुटमा पावरटिलर, रिपर, कमाण्ड हार्भेस्टर, रोटाबेटर, बीउ ग्रेडिङ गर्ने मेसिन, ठूलो ट्र्याक्टरलगायतका सामग्री प्रदान गरेको छ ।

त्यसमध्ये कम लागत पर्ने भएको र साना व्यावसायिक किसानले किन्न सक्ने भएकाले अनुदान रकमले अधिकांश किसानले पावरटिलर किनेर प्रयोग गरिरहेका छन् । रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषितर्फले ५० प्रतिशत अनुदानमा यस वर्ष ३२९ किसानलाई पावरटिलर वितरणका लागि छनोट गरी वितरणको प्रक्रियामा रहेको कँडेलले बताए । “किसानका माग धेरै आएका थिए तर त्यसमा व्यावसायिक कृषिकर्ममा लागेका किसान छनोट गरेका छौँ । सबै किसानलाई दिन सकिँदैन”, उनले भने, “किसानले प्रविधिको प्रयोग र प्राविधिकको सल्लाहनुसार कृषि पेशा गर्न थालेका छन् । यसबाट उनीहरुको उत्पादन बढ्नुका साथै समयको बचत हुन्छ ।”

कृषिकार्यका लागि कम लागतमा किन्न सकिने र एउटै मेसिनले धेरै काम गर्ने भएकाले पावरटिलरको प्रयोग किसानले अधिक मात्रामा गर्न थालेका छन् । खेत जोत्न, बाली लगाउन, पानी लगाउन, बाली काट्न, थ्रेसिङ गर्न, मिल चलाउन, ढुवानी गर्न, जेनेरेटर चलाउनलगायत काममा प्रयोग गर्न सकिने पावरटिलर राम्रो, बहुउपयोगी यन्त्र भएकाले यसको माग उच्च हुँदै गएको छ । किसान छप्पु चौधरी बहुउपयोगी भएकाले पावरटिलर किन्नेहरु बढ्दै गएको बताउँछन् । “५० प्रतिशत अनुदान पाएर मैले पनि किनेको छु । धेरै काममा सहज भएको छ”, चौधरीले भने, “यसको सही सदुपयोग गर्न सके किसानलाई आवश्यक सबै काममा सजिलो हुन्छ । यान्त्रिकीकरणले काममा सहजतासँगै लागत र श्रम बचत गर्छ ।”

किसान हरि डगौरा प्रविधिको प्रयोग बढेपछि कृषि क्षेत्रमा परम्परागतरूपमा काम गर्ने परिपाटी हट्दै जान थालेको बताउँछन् । “सिँचाइ आयोजनाले धेरै किसानलाई सहयोग भएको छ । बीउबिजन, प्राविधिक सहयोग, औजार सहयोग पाएका छौँ”, उनी भन्छन्, “अहिले धेरै किसानले मेसिनरी यन्त्र पावरटिलरको प्रयोग बढाउँदै गएका छन् ।”

सिँचाइ आयोजना निर्माण सम्पन्न भएपछि यस क्षेत्रको करिब ३८ हजार हेक्टर भू–भागमा सिँचाइ सुविधा पुग्नेछ । यस आयोजनाको निर्माण आर्थिक वर्ष २०६५र६६ बाट शुरु भएको हो । सन् २०२३ डिसेम्बर ३१ मा आयोजनाको काम सम्पन्न गर्ने लक्ष्य छ । यस आयोजनाको कूल लागत रु २७ अर्ब हो । यो आयोजना विश्व बैंकको अनुदान, नेपाल सरकारको संयुक्त लगानी र जनश्रमदानमा निर्माण भइरहेको छ ।

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram