NarayaniPost.com
शनिबार, असार ३०, २०८०

दुर्लभ वन्यजन्तु सालक संरक्षणका लागि प्राणी उद्यान केन्द्रलाई जिम्मा

नारायणी पोस्ट
मङ्लबार, पुस १४, २०७७

२०७७ पुष १४

लहान,

सिरहाको गोलबजारबाट बरामद भएको दुर्लभ वन्यजन्तु सालक संरक्षणका लागि लहान नगरपालिका–१५ स्थित कोइरालो सामुदायिक वन क्षेत्रमा रहेको वन्यजैविक प्राणी उद्यान केन्द्रलाई जिम्मा लगाइएको छ ।

सशस्त्र प्रहरी बेसक्याम्प गोलबजारले तस्करी भइरहेको अवस्थामा गत आइतबार बरामद गरेको सालक संरक्षणका लागि वन्य जैविक प्राणी उद्यानलाई जिम्मा लगाएको डिभिजन वन कार्यालय लहान सिरहाका प्रमुख सुभाषचन्द्र दासले जानकारी दिनुभयो ।

स१०प ३३३० नंको मोटरसाइकलमा लोड गरिएको अवस्थामा सशस्त्र प्रहरीको गस्ती टोलीले बाँसको चोयाले बनेको पेरुङ्गोमा उक्त सालक बरामद गरेको थियो । गस्तीमा रहेको प्रहरी टोलीलाई देखेपछि तस्कर मोटरसाइकल छाडेर भागेका थिए । सालक के प्रयोजनका लागि कसले तस्करी गरिरहेको भन्ने विषयमा आवश्यक अनुसन्धान भइरहेको डिभिजन वन कार्यालय लहान सिरहाले जनाएको छ ।

यस्तै डिभिजन वन कार्यालयको टोलीले सिरहाको गोलबजार नगरपालिकाको मुक्सारबाट ठूलो परिमाणमा अवैध काठ बरामद गरेको छ । डिभिजन वन कार्यालय लहान सिरहा र सबडिभिजन वन कार्यालय गोलबजारको संयुक्त टोलीले मुक्सारस्थित जङ्गल क्षेत्रमा तस्करहरूले लुकाइछिपाइ राखेको अवस्थामा साखु र अन्य जातका गरी ८९ थान चिरान काठ बरामद गरेको छ । बरामद काठ बजार मूल्य करिब रु चार लाखभन्दा बढी रहेको प्रमुख दासले बताउनुभयो ।रासस

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram