NarayaniPost.com
सोमवार, साउन १, २०८०

चितवन निकुञ्जमा बाघको आक्रमणबाट दुई अर्नाको मृत्यु

नारायणी पोस्ट
मङ्लबार, पुस १४, २०७७

२०७७ पुष १४

चितवन राष्ट्रिय निकुञ्जमा रहेका दुई वटा अर्नाको बाघको आक्रमणबाट मृत्यु भएको छ। निकुञ्जको पदमपुर फाँटामा रहेको इन्क्लोजरमा रहेका २ वटा अर्ना सोमबार मृत अवस्थामा भेटिएको सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिए।

बाघको आक्रमणबाट मरेका दुई वटै अर्ना पोथी हुन्। आक्रमण गर्ने बाघलाई निकुञ्जको प्राविधिक टोलीले नियन्त्रणमा लिएर अर्को ईलाकामा लगेर छाडेको अधिकारीले बताए।

यहाँ कोसीटप्पु वन्यजन्तु आरक्षबाट १२ र सदर चिडियाखानाबाट ल्याइएका ३ वटा अर्ना राखिएको थियो। ती अर्नाबाट हालसम्म नवजात ६ (३ भाले, २ पोथी र हालै जन्म भएको १ लिंग पहिचान नभएको) वटा पाडापाडीको जन्म भएको छ।

यसअघि ६ वटाको बाढी, प्राकृतिक कारण र बाघको आक्रमणले मृत्यु भई सकेको छ। अब इन्क्लोजर भित्र स्थानान्तरण भएर आएका ७ र यहीँ जन्मिएका ६ वटा गरी १३ वटा अर्ना रहेका छन्।

यसैबीच, चितवन निकुञ्जले माडीको बाँदर झ्लाबाट सालक मारेर सुकुटी बनाई खाने र अखेटोपहार विक्री गर्ने २ जनालाई नियन्त्रणमा लिएको छ।

सूचना अधिकारी लोकेन्द्र अधिकारीकाअनुसार निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत माडी नगरपालिका–९ बाँदरझुलाबाट दुई जनालाई पक्राउ गरिएको हो।

उनीहरुको साथबाट ३७५ ग्राम सालकको खपेटा, सालक मार्न प्रयोग भएको जाल र पासोसमेत बरामद गरिएको उनले बताए।

साथै निकुञ्जले सोहि स्थानबाट यसअघि चितुवा मारेर फरार रहेका पञ्चलाल प्रजालाई पनि पक्राउ गरिएको जनाएको छ।

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram