२०७७ पौष १५
नेपालमा सुनचाँदीको मूल्यमा आज सामान्य बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलामा १ सय रूपैयाँ बढेर सुन ९४ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
काठमाडौं । नेपालमा सुनचाँदीको मूल्यमा आज सामान्य बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलामा १ सय रूपैयाँ बढेर सुन ९४ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ । चाँदी ५ रुपैयाँले बढेर १ हजार ३ सय ५ रूपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार छापावाल सुन प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको छ । यस्तै तेजाबी सुनको मूल्य पनि १ सय रुपैयाँ वृद्धि भइ ९३ हजार ७ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
मंगलबार छापावाल सुन ९४ हजार १ सय रुपैयाँ, तेजाबी सुन ९३ हजार ६ सय रुपैयाँ र चाँदी १ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।