NarayaniPost.com
आइतवार, असार ३१, २०८०

पोखरामा नयाँ एड्भेन्चर ‘टावर क्लाइम्बिङ’ सुरु

नारायणी पोस्ट
बुधबार, पुस १५, २०७७

२०७७ पुष १५ गते

१५ पुस, काठमाडौं । पर्यटकिय शहर पोखरामा अर्को नयाँ एड्भेन्चर गतिविधि थपिएको छ । बन्जी नेपाल एड्भेन्चर्स प्रालिले पोखरा १७, रातोपैरा (माउन्टेन म्युजियमको आडैमा) बन्जीका लागि बनाएको टावरमा नेपालमै पहिलोपटक टावर क्लाइम्बिङ सुरु गरेको हो ।

३५ मिटर अग्लो क्यान्टिलिभर टावरमा चड्दा थकाइ लागे बिचमा रोकिएर आराम गर्दै समेत जान सकिने गरी डिजाइन गरिएको छ ।

एड्भेन्चर भएकाले पुर्ण सुरक्षा सावधानीमा संरचना तयार गरिएको र सोही अनुसार सञ्चालन गरिने कम्पनीका अध्यक्ष सन्तोष भट्टराईले जानकारी दिएका छन् । टावर क्लाइम्बिङ गर्ने शूल्क एक जनाको एक हजार रुपैयाँ तोकिएको छ । टावर चढ्दा आवश्यक उपकरण कम्पनीले नै ब्यवस्था गरिदिने भएको छ ।

चढ्ने व्यक्तिले भने स्पोर्ट्स वेयर लगाउनु पर्ने छ । क्लाइम्बिङ गर्दा आफ्नो फोटो लिन चाहेमा थप दुई सय रुपैयाँ लाग्ने भट्टराईले जानकारी दिए ।

टावर माथिबाट हिमशृंखलासँगै पोखरा आसपासका दृश्य अवलोकन गर्न सकिने उनले जानकारी दिए । उनका अनुसार टावरमा बर्थडे, एनिभर्सरी सेलिब्रेसनको प्याकेज समेत बनाइएको छ ।

टावरसँगै बन्जी परिसरमै रेस्टुरेन्ट समेत सञ्चालनमा आएको छ । अबको केही महिनामै बन्जी सुरु गरिने उनले जानकारी दिए । टावरको संरचनागत काम सकिएको र कोभिड १९ का कारण जापानबाट प्राविधिक आउन बाँकी भएकोले बन्जी सुरु हुन ढिलाइ भएको उनको भनाइ छ ।

भट्टराई अध्यक्ष रहेको कम्पनीमा राजु कुँवर, अशोक गुरुङ, दुर्गादत्त खरेल, दिल गुरुङ, दामोदर बराल, भूपाल बहादुर बराल क्षेत्रीको समेत लगानी रहेको छ ।

अध्यक्ष भट्टराईले न्युजिल्यान्ड, जापान, मकाउ लगायत देशमा बन्जी मास्टरको रुपमा लामो समय काम गरि स्वदेश फर्केर हाल आफ्नै साथीहरूको समूह बनाइ बन्जीमा लगानी गरेको जानकारी दिए ।

बन्जीका लागि अन्तरास्ट्रिय स्तरमा बन्जीको लोकप्रिय नाम ‘गो बञ्जी’ सँगको प्राविधिक समन्वयमा काम भइरहेको भट्टराइले बताए ।

स्रोत: अन्लाईनखबर

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram