NarayaniPost.com
शनिबार, असार ३०, २०८०

खैरो हेरोइनसहित सात पक्राउ

नारायणी पोस्ट
बिहिबार, पुस १६, २०७७

२०७७ पुष १६ गते
काठमाडौं। महानगरीय प्रहरी वृत्त बौद्ध नौ महिनाको अनुसन्धानपछि सुनचाँदी चोर्ने भनिएको समूहलाई पक्राउ गर्न सफल भएको छ । महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख नवीन कार्कीका नेतृत्वमा सुनचाँदी चोरी गर्ने सात अभियुक्त लागुऔषधसहित पक्राउ परेका हुन् ।

काठमाडौं । महानगरीय प्रहरी वृत्त बौद्ध नौ महिनाको अनुसन्धानपछि सुनचाँदी चोर्ने भनिएको समूहलाई पक्राउ गर्न सफल भएको छ । महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख नवीन कार्कीका नेतृत्वमा सुनचाँदी चोरी गर्ने सात अभियुक्त लागुऔषधसहित पक्राउ परेका हुन् ।

प्रहरी नायब उपरीक्षक कार्कीका अनुसार झापा स्थायी ठेगाना भई काठमाडौँ आरुबारी बस्ने २७ वर्षीय सोनाम लामा उक्त चोरी समूहको मुख्य नाइके हुन् । उनीसँगै चोरी तथा लागुऔषधमा संलग्न झापा कन्काईका २५ वर्षीय सनम माझी, शिवसताक्षीका २३ वर्षीय विजय लिम्बू, भोजपुर पौवादुङ्माका ३२ वर्षीय सन्तोष विक र ३५ वर्षीय सूर्यबहादुर श्रेष्ठ तथा सिन्धुपाल्चोका ३७ वर्षीय सञ्जीव तामाङ र भारतीय युवराज बलु बबर छन् ।

लामो समयदेखि चोरीमा संलग्न अभियुक्तको खोजतलासमा प्रहरीले निकै मेहनत गरेको थियो । सात जनालाई बुधबार पक्राउ गरी खोजतलास गर्दा सबै घटनाक्रम खुल्न आएको हो । काठमाडौँको बौद्धक्षेत्रलाई लक्ष्य गरी लामो समयदेखि सो समूह चोरीमा संलग्न रहेको खुल्न आएको छ । दिउँसो घरमा कोही नभएका अवस्थामा तथा बन्द रहेका सटर र ढोका फोरेर चोरी गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

चोरी समूहमा संलग्न अभियुक्तका साथबाट प्रहरीले आंैठी र सिक्री गरी ६४ तोला ३४ लाल सुन, पाँच किलो ६९३ ग्राम चाँदी र रु पाँच लाख ३३ हजार ७० बरामद गरको छ । प्रहरीले चोरीका मुख्य अभियुक्त लामा र अन्य अभियुक्तका कोठा तथा बबरको पसलबाट गरी सुनचाँदी बरामद गरेको हो ।

विभिन्न घर तथा पसलबाट चोरी गरेको सुन अभियुक्तले जोरपाटी बराल पेट्रोल पम्प नजीकैको गणेश टन्च सेन्टर नामको सुनचाँदी परीक्षण केन्द्रमा लगेर त्यसको स्वरुप परिर्वतन गरी बेच्ने गरेको पाइएको छ । चोरीमा सहयोग गर्दै सामानको स्वरुप परिर्वन गरी बिक्रीवितरण गर्ने पसल सञ्चालक २३ वर्षीय बबरलाई पनि प्रहरीले पक्राउ गरिसकेको छ । उनले सञ्चालन गर्दै आएको उक्त पसल हालसम्म दर्ता नभएको प्रहरीले बताएको छ ।

हालसम्म सुनचाँदी र नगद चोरी भएको जनाउँदै महानगरीय प्रहरी वृत्त बौद्धमा नौ जनाले जाहेरी दिइसकेको तथा एक जनाले जानकारी मात्र दिएको बौद्ध प्रहरी प्रमुख कार्कीले बताए ।

प्रहरीले उनीहरुका साथबाट लागुऔषध खैरो हेरोइन २७ ग्राम, रु पाँच लाख ३२ हजार, अमेरिकी डलर ६, ६० तोला ८७ लाल सुन, पाँच किलो ६९३ ग्राम चाँदीसहित लुटपाटमा प्रयोग भएको वाग्मती प्रदेश ०२०२० प ६६११ र वाग्मती प्रदेश ०२–००५ प ३८३५ नं को स्कुटर बरामद गरेको छ । साथै ल्यापटप, मोबाइल, लागुऔषध तौल गर्न र सुनचाँदी जोख्ने तराजु एवं दुई थान यन्त्र, गरगहना गाल्न प्रयोग हुने उपकरण पत्थरलगायत सामग्री बरामद गरिएको छ ।

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram