२०७७ पुष १७ गते
आजबाट इस्वी संवतको नयाँ वर्ष सन् २०२१ शुरु भएको छ । नयाँ वर्षलाई नेपालीसहित विश्वभरका मानिसहरूले आपसमा शुभकामना आदान प्रदान गर्दै उल्लासका साथ मनाइरहेका छन् ।
काठमाडौं । आजबाट इस्वी संवतको नयाँ वर्ष सन् २०२१ शुरु भएको छ । नयाँ वर्षलाई नेपालीसहित विश्वभरका मानिसहरूले आपसमा शुभकामना आदान प्रदान गर्दै उल्लासका साथ मनाइरहेका छन् ।
इसाई धर्मका प्रवर्तक जिसस क्राइस्ट (प्रभु यशु) को सम्झनामा उनको मृत्युपछि अनुयायीले सो संवत् प्रचलनमा ल्याएका हुन् ।
ग्रेगोरियन पात्रोअनुसार सन् २०२० को विदाई र नयाँ वर्ष सन् २०२१ को स्वागतमा विश्वभर बिभिन्न कार्यक्रम आयोजना भइरहेका छन् ।
यशु ख्रीस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले शुरु गरेकाले यसलाई ‘ग्रेगोरियन पात्रो’ भन्ने गरिन्छ । नयाँ वर्षमा इसाई धर्मावलम्बीहरूले यशुको सम्झना गर्दै अंगुरको रस र रोटी खाने प्रचलन छ ।