NarayaniPost.com
मङ्लबार, साउन २, २०८०

पाँची नदीमा बेपत्ता मुखियाको खोजीमा जुटेको प्रहरी र गाउँले, साथी अम्मली थुनामा

नारायणी पोस्ट
शुक्रबार, पुस १७, २०७७

२०७७ पुष १७ गते
राजविराज : मलेसियाबाट आएको चार दिनमै सप्तरीको बिष्णुपुर गाउँपालिका–१ जमुनीका २५ वर्षीय एक युवक बेपत्ता भए। बेपत्ता श्रवणकुमार मुखियाको खोजीमा प्रहरी, परिवार र गाउँले जुटे पनि तीन महिनादेखि केही पत्ता लाग्न सकेको छैन्। मुखियालाई अपहरण गरी बेपत्ता बनाएको मुद्दामा तीन महिनापछि सोही ठाउँका २५ वर्षीय सुरेन्द्र यादवलाई भने अदालतले कारागारमा थुनामा पठाएको छ।

जिल्ला अदालतको आदेशमा सुरेन भनिने सुरेन्द्र यादवलाई पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा पठाएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। मलेशियाबाट आएका श्रवणकुमार मुखियाको हत्या गरी डाक्नेश्वरी नगरपालिका–६ स्थित पाँची नदीमा फालेको गाउँलेहरुसँग स्विकारेपछि गाउँलेहरुले आरोपितलाई असोज २८ गते प्रहरीसमक्ष बुझाएका थिए। गाउँकै यादवसँग असोज २४ गते मोटरसाइकलमा निक्लिएका मुखिया घर नफर्किए पनि यादव भने मोटरसाइकल चढी गाउँ फर्केर आएपछि मुखियाका परिवार र गाउँलेहरूले सोधीखोजी गरे। मुखियाबारे चार दिनसम्म केही पत्तो नलागेपछि गाउँलेहरूले यादवसँग बसेर दुई दिन घण्टौ सोधखोज र केरकार गरे। गाउँलेहरूले असोज २७ गते राति २ बसेसम्म बसेर सोधपुछ गर्दा आरोपितले हत्या गरेको स्विकारेपछि उनलाई प्रहरीको जिम्मा लगाइएको गाउँलेहरुले बताए।

यता पाँची नदीमा असोज २८ गतेदेखि नै प्रहरी टोली परिचालित भई बेपत्ता मुखियाको खोजी गरे पनि फेला परेका छैनन्। नदीको छेउमा रगतको सुकेका दागको टाटा र मुखियाको चप्पल फेला परेकोले नेपाल प्रहरी र सशस्त्र प्रहरीका २/२ जना इन्स्पेक्टरसहितको टोली नदीमा खटिए। शव फेला नपरेपछि इलाका प्रहरी कार्यालय कल्याणपुर, सप्तरीले असोज ३० गते लागु औषध मुद्दामा यादवलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान गर्‍यो। लागु औषधका अम्मली रहेको उनको साथबाट लागु औषध बरामद भएको इन्स्पेक्टर धर्मराज मुडभरीले बताए।

स्काभेटर र रबर बोटसहित गोताखोर सशस्त्र प्रहरीको टोलीले मुखियाबारे पत्ता लगाउन नसकेपछि र शवसमेत फेला नपरेपछि आरोपितविरुद्ध प्रहरीले कर्तव्य ज्यानको उजुरी दर्ता नगरी अपहरण गरी मानिस बेपत्ता बनाएको मुद्दामा कारवाही थाल्यो। जिल्ला सरकारी वकिलको कार्यालयमार्फत कात्तिक २१ गते आएको उजुरी मङ्सिर १७ गते इलाका प्रहरी कल्याणपुरले दर्ता गर्‍यो। लागु औषध मुद्दामा थुनामा राख्न पाउने अवधि ३ महिना भएकाले अपहरण गरी मानिस बेपत्ता बनाएको उजुरी ढिला गरी दर्ता गरिएको इन्स्पेक्टर मुडभरीले बताए।

गाउँलेहरुका अनुसार ३ सालपछि मलेशियाबाट घर फर्किएका मुखियालाई यादवले मोटरसाइकलमा चढाएर लागुपदार्थ सेवनका लागि भारततर्फ लगेका थिए। भारत पुगेर लागु पदार्थ सेवन गरेर मातिएको अवस्थामा साँझ सात बजे फर्किएका उनीहरू बीच सुरुमा घर जाने वा नजाने विषयमा विवाद भयो। खैनी र चुरोट किन्न मुखिया छेउको पसल गएका बेला कपडा पसलमै उनले छाडेर गएको ४० हजारको मोबाइल यादवले लुकाएको भनेर विवाद चर्किएको स्थानीयले बताए।

मोटरसाइकल चढेर पाँची नदीतर्फ गएका यादव घर फर्किएको तर सँगै गएका मुखिया बेपत्ता भएपछि गाउँलेहरुले यादवसँग केरकार गरेका थिए। गाउँलेहरुसँग हत्या गरेको स्विकारे पछि नै गाउँलेहरुले यादवलाई प्रहरीको जिम्मा लगाएको स्थानीय हरेराम मण्डलले जानकारी दिए।

बेपत्ता मुखियाका बुबा मनोरथ मुखियाको जाहेरीमा अपहरण गरी मानिस बेपत्ता बनाएको मुद्दामा यादव पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा पुगेको एसपी राजेन्द्रप्रसाद धमलाले बताए। लागु औषध मुद्दामा भने अदालतले यादवलाई दुई महिना कैद र एक हजार जरिवानाको फैसला गरेको छ। थुनामा रहेको अवधि दुई महिना भुक्तान भइसकेकोले हाल यादव अपहरण गरी मानिस बेपत्ता बनाएको कसुरमा पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन्।

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram