NarayaniPost.com
बिहिबार, असार २८, २०८०

चितवनमा १०० बर्ष पुरानो मुर्ति सहित ३ जना पक्राऊ

नारायणी पोस्ट
शनिबार, पुस १८, २०७७

२०७७ पुष १८

चितवन । चितवनमा बुद्धको मुर्ति सहित तीन जना पक्राउ परेका छन् । रत्ननगरपालिका वडा नम्बर १२ जिरौना बस्ने ४७ बर्षिय ठुलो कान्छा तामाङ, सोही ठाउँका २७ बर्षिय सुरज तामाङ र वडा नम्बर ११ मंगलपुरका ४७ बर्षिय सरोज बहादुर योञ्जन पक्राउ परेका हुन् । रत्ननगरपालिका वडा नम्बर १२ जिरौना स्थित जहारसिंह तामाङको घरमा प्राचिन पुरातात्विक महत्वको मुर्ति बिक्री प्रयोजनका लागी घरमा लुकाइछिपाई राखेको अवस्थामा फेला परेका हुन् ।

वागमती प्रदेश प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीको संयुक्त टोलीले उक्त मुर्ति सहित उनिहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीका प्रमुख समेत रहेका डिएसपी रविन कार्कीले जानकारी दिनुभयो ।

प्रहरी निरिक्षकहरु प्रकाश शाह र रोशन खड्काको कमाण्डमा खटिएको प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरेका हुन ।

१६ गते पक्राउ परेका उनिहरुलाई जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई थप अनसुन्धान भइरहेको उहाँले बताउनुभयो ।

अन्दाजी १०० वर्ष पुरानो पुरातात्विक महत्वको बुद्धको जस्तो देखिने पित्तलको उक्त मुर्ति(रेम्वोच) २७.८२० केजी तौल भएको प्रहरीले जनाएको छ ।पक्राउ परेका मध्ये जनप्रतिनिधि समेत रहेका छन् ।

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram