NarayaniPost.com
बुधबार, असार २७, २०८०

चाणक्यले भन्ने गर्थे - मान्छे जन्मले होइन, कर्मले महान् हुन्छ

नारायणी पोस्ट
आइतवार, पुस १९, २०७७

चितवन १९ पुस २०७७

चाणक्य एक योग्य शिक्षक थिए । उनी राम्रा सल्लाहकार पनि थिए । धेरैले उनलाई अर्थशास्त्रका रचयीता पनि भन्ने गर्दछन् ।

जीवन र समाजको हरेक पक्षमा आचार्य चाणक्यले प्रकाश पारेका छन् । उनले दिएको सन्देशलाई नै आजकल चाणक्य नीति भन्ने गरिन्छ ।

उनले सबै समय सन्दर्भलाई उपयुक्त हुने गरी धेरै सन्देशहरू दिएका छन् ।

तीमध्ये एक हो 'आम्दानी भन्दा बढी खर्च गर्नु मुर्खता हो' ।

चाणक्यले जसले आय र व्ययमा सही तालमेल बनाउन जान्दैन, उ कहिल्यै खुसी हुन नसक्ने बताएका छन् । आम्दानी भन्दा बढी खर्च गर्नु मूर्खताको निशानी हो । पूँजीलाई सधैं जरुरी समयका लागि जोगाएर राख्नुपर्छ ।

चाणक्य नीति अनुसार भोग विलासिताका वस्तुहरूमा खर्च गर्नु हुँदैन । जसले यसो गर्छ उसलाई ऋण लाग्नबाट कसैले रोक्न सक्दैन । यस्ता व्यक्तिहरूको जिन्दगीमा दुख, कलह र मानसिक तनावले घेरिरहन्छन् ।

चाणक्यको अर्को प्रसिद्ध भनाइ छ, 'कोही पनि आफ्नो जन्मले होइन कर्मले महान् हुन्छ ।'

उनले यसको व्याख्या गर्दै भनेका छन्, जो कोही व्यक्तिले पनि आफ्नो कर्मलाई प्राथमिकता दिएर अघि बढ्नुपर्छ । जन्मका आधारमा श्रेष्ठता मापन हुँदैन बरू व्यक्तिले कस्तो कर्म गर्छ त्यसले उसको सफलता निर्धारण गर्छ ।

चाणक्यले भनेका छन्, 'कुनै पनि व्यक्ति धेरै सरल र सिधा हुनु फाइदाजनक छैन ।' जसरी जंगलमा सिधा उभिएको रुखलाई मान्छेले काट्ने गर्छन्, त्यस्तै गरी सोझो मान्छेलाई अरूले हेप्ने गर्छन् ।

एजेन्सी

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram