NarayaniPost.com
शनिबार, साउन २८, २०७९

झोलुङगे पुल निर्माण काम सुरु हुँदै

नारायणी पोस्ट
आइतवार, पुस १९, २०७७

२०७७ पुष १९ गते

गुल्मी । गुल्मी सदरमुकाम तम्घासको बगाले खोलामा झोलुंगे पुल निर्माण हुने भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर-७ र वडानम्बर-९ जोडने नमूना झोलुंगे पुल निर्माण हुने भएको छ ।

रेसुङ्गा नगरपालिका वडानम्बर-७ भुजलखर्क र वडानम्बर-९ विद्युत कार्यालय नजिकैका स्थानीयलाई वारिपारि गर्न पैदल यात्रा गर्दा घुमारो बाटो हिँडनु पर्ने भएपछि झोलुंगे पुल निर्माण गर्न लागिएको हो ।

झोलुंगे पुलको रेसुङ्गा नगरपालिकाका मेयर डिल्लराज भुसालले शिलान्यास गरेका छन् । शिलान्यास गर्दौ मेयर भुसालले तम्घासमा बन्न लागेको नमूना झोलुंगे पुलको समयमै गुणस्तरीय काम सम्पन्न गर्न आग्रह गरे ।

उनले यस भेगका नागरिकलाई नगरपालिका जान र वडा वडा बिच पनि वारिपारि गर्न घुमाउरो बाटो हिँडनु पर्ने भएपछि त्यसको सहजताका लागि यो पुल निर्माण कार्य अगाडि बढेको बताए । नगरप्रमुख भुसालले आफना चुनावी प्रतिबद्धता अनुरुप कामहरु अगाडी बढेको बताए ।

झोलुंगे पुल पुल बन्न लागेपछि स्थानीयले खुसी व्यक्त गरेका छन् । जिल्ला सदरमुकामसँगै नजिकै रहेकाले यो पर्यटकीय पनि बन्ने स्थानीयको भनाइ छ ।

झोलुंगे पुल निर्माणको लागि सामाजिक तथा प्राविधिक सहयोग सिर्जनशील सामुदायिक विकास केन्द्र गुल्मीले गरेको छ । कुल ५० लाख ६६ हजार ७७ रुपैयाँको लागतमा उक्त पुल निर्माण हुन लागेको हो ।

झोलुंगे पुल क्षेत्रगत कार्यक्रम अन्र्तगत ९२ प्रतिशत, रेसुङ्गा नगरपालिकाको ६ प्रतिशत र उपभोक्ता समितिको २ प्रतिशत श्रमदानमार्फत बन्न लागेको सिर्जनशिल सामुदायिक बिकास केन्द्र गुल्मीका शब इन्जिनियर डिल्लीराज खनालले बताए । पुल निर्माणको लागि हेल्मेटार नेपाल (टिभिएसयु)ले लट्टा सहयोग गर्ने भएको छ ।

विद्युत चोक बगाले खोला भुजेल खर्क जोडने पुलको लम्बाई ११८ मिटर लम्बाई रहेको छ । पुल निर्माणको लागि २०७७ साल असोज २८ गते रेसुङ्गा नगरपालिका र उपभोक्ता समिति बीच सम्झौता भएको थियो । सम्झौता भएको मितिले १ वर्षभित्र पुल निर्माण कार्य सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।\

स्रोत: अनलाइनखबर

आन्य समाचारहरु:-
August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

July 1, 2022
हेटौंडा-५ मा मोटरसाइकल दुर्घटना

हेटौंडा । हेटौंडा उपमहानगर ५ मा दुर्घटना भएको छ ।  दुइवटा मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा मा ३ जना घाइते भएका छन् । ना ५१ प ७३५९ निलो पल्सर पिप्लेबाट बजार आउदै गरेको निलो पल्सर र हेटौंडा बाट पिप्ले जाँदै गरेको बा प्र ३ -००४ प १५९९ नम्बर को एन एस […]

June 10, 2022
ऑंबुखैरेनिमा कार र मोटरसाइकिल खसेको ठाउँमा दुइ पुरुषको शव भेटियो

सडक भासिएको मस्र्याङ्दी नदी किनारमा दुई पुरुषको शव फेला भेटिएको छ। पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साखर ड्याममा आज बिहान ४ बजे भासिएको सडकबाट बा१० च४६४९नम्बरको कार र मोटरसाइकिल खसेको थियो। मोटरसाइकलमा सवार पुरूष भने सवारी फालेर ज्यान जोगाएका थिए भने कारमानिससहित पहिरोमा खसेको प्रहरीले बताएको छ। लामो जामका कारण यात्रुको बिचल्ली भएको छ। लामो […]

May 29, 2022
मुस्ताङको लेतेमा दुर्घटनाग्रस्त अवस्थामा भेटियो तारा एयरको जहाज

१५ जेठ, चितवन । पोखराबाट जोमसोम उडेर सम्पर्कविहीन भएको जहाज मुस्ताङ जिल्लाको लेतेमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको जानकारी आएको छ।म्याग्दी जिल्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जिवि रानाका अनुसार मुस्ताङ जिल्लाको लेतेमा दुर्घटनाग्रस्त अवस्थामा जहाज भेटिएको र थप जानकारी आउन बाँकी रहेको छ।तारा एयरको ९ एनएईटी टि्वनअटर विमान दुर्घटनामा परेको हो।विमानमा ४ जना भारतीय नागरिकसहित ६ जना विदेशी […]

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram