NarayaniPost.com
शुक्रबार, असार २९, २०८०

साउदी अरेबियामा कोभिड-१९ को जोखिम: फर्किए २२ हजार नेपाली

नारायणी पोस्ट
आइतवार, पुस १९, २०७७

२०७७ पुष १९ गते
साउदी अरेबिया : साउदी अरेबियामा कोभिड-१९ को जोखिम बढेपछि अलपत्र परेका २२ हजार नेपाली स्वदेश फर्किएका छन्। विभिन्न कारणले अलपत्र परेकालाई नेपाल एयरलाइन्स, हिमाल एयरलाइन्स, एयर अरेबिया, फ्लाई दुबई, अल जजीरा तथा सलाम एयरलाइन्सको चार्टर्ड उडानद्वारा हालसम्म १८ हजार ८ सय ४२ जना स्वदेश फिर्ता भएका छन् भने २ सय भन्दा बढी शवहरु पठाइएको छ।

साउदीस्थित नेपाली दुतावास रियाद तथा वाणिज्य दुतावास जेद्धाको सहयोगार्थमा साउदी सरकारले हालसम्म कम्पनीमा कार्यरत रहँदा अर्कामा नविकरण नगरेका १ हजार ४ सय ४८ जना नेपालीलाई वहिर्गमन भिषा जारी गरेको छ भने दुतावासले साउदीमा कार्यरत नेपालीको पासपोर्ट नविकरण लागी आफ्नो फेसबुक पेजमार्फत आवश्यक विवरण सहित अनलाइन फारमको व्यवस्था गरेको छ।

पासपोर्टको नविकरणका लागि आवश्यक कागज संकलनको सहजीकरणका लागि साउदीका विभिन्न शहरमा अस्थायी कार्यालयको समेत व्यवस्था गरेको छ।
अन्तर्राष्ट्रिय आप्रवासी दिवसको अवसरमा प्रवासी नेपाली समन्वय समिति साउदी अरेबियाले आप्रवासी कामदारको हकहितको मध्यनजर गदै श्रमिकले भोग्नुपरेको समस्या र समाधानबारे अन्तरकृया कार्यक्रम गरेको छ भने दुतावासको सहयोगमा साउदीको विभिन्न शहरहरुमा हेल्थ डेस्कसमेत संचालन गरेको छ।

साउदी सरकारले कोरोना भाइरसको मध्यनजर गर्दै २१ डिसेम्बर देखि एक हफ्ताको लागि सबै इन्टरनेशनल उडान बन्द गरेको छ भने नेपाली दुतावास रियाद र वाणिज्य दुतावास जेद्धाका अनुसार हालसम्म ८८ नेपालीको कोरोना भाइरसबाट मृत्यु भएको छ।

कोरोना भाइरसबाट साउदीमा हालसम्म ३ लाख ६१ हजार ९ सय ३ जना संक्रमित हुनुको साथै ६ हजार १ सय ६८ जनाको मृत्यु भएको छ भने ३ लाख ५२ हजार ८ सय १५ जना निको भएका छन्।

स्रोत : अन्नपूर्ण पोस्ट

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram