NarayaniPost.com
शनिबार, फाल्गुन ५, २०८०

एक युवती जस्लाई कोरोना महामारीले यसरी बचायो जिन्दगी

नारायणी पोस्ट
बुधबार, माघ ७, २०७७

२०७७ माघ ७ गते

हुन त कोरोना महामारीले पूरा संसारलाई नै विभिन्न स्तरमा हानी पुर्याएको छ तर यस्ता थुप्रै मानिसहरु छन् जसको जीवन कोरोनाका कारण पूर्ण रुपमा उल्टिएको छ । बेलायतमा बस्ने एक युवतीमाथि पनि यस्तै भएको छ । आफ्नो सर्कलमा पार्टी गर्लको नामले परिचित २१ वर्षकी ओलिविया इबिटसन अत्यधिक रक्सी पिउँथिन् जसका कारण उनको स्थिती खराब हुन थालेको थियो । तर कोरोनका कारण उनले नयाँ जीवन पाएकी छिन् ।

ओलिवियाका अनुसार उनी १५ वर्षदेखि रक्सी पिइरहेकी थिइन् । १८–१९ वर्षमा आइपुग्दासम्म उनी दैनिक रक्सी पिउन थालेकी थिइन् । पार्टीमा जानु अघि नै उनी दुई बोतल वाइन पिएर जान्थिन् । उनको व्यवहारका कारण उनका साथीभाइ पनि उनीबाट टाढा भइसकेका थिए र उनी पार्टीमा बेस्सरी मातिएपछि डराउन थालेकी थिइन् । ह्याङ्ओभर भएपछि उनी फास्ट फुडतिर आकर्षित हुने गर्थिन् जसका कारण उनको जीवनशैलील अत्यधिक खराब भइसकेको थियो ।

ओलिवियालाई टाइप वान डायबिटिज छ । सन् २०१९ मा उनको स्वास्थ्य निकै खराब भएको थियो । उनले अत्यधिक रक्सी पिएकी थिइन् र उनलाई निमोनिया पनि भएको थियो । उनी क्विन एलिजाबेथ अस्पतालमा दुई दिनसम्म कोमामा पनि रहिन् । बेलायतमा मार्च २०२० मा कोरोनाका कारण लकडाउन लागू गरियो र ओलिभियाले त्यतिबेला देखि नै आफैंलाई परिवर्तन गर्ने सोच बनाइन् ।

कोरोना लकडाउनलाई ओलिवियाले निकै सकारात्मक तरिकाले लिइन् । ओलिवियालाई महसुस भयो कि जंक फूड र रक्सीका कारण उनको तौल अत्यधिक बढिसकेको छ । उनले भने, ‘लकडाउनका बेला केही पनि खोलिएको थिएन । पब, बार सबै बन्द थिए । मैले यसबाट फाइदा उठाउन सक्छु कि भन्ने महसुस भयो । मैले पानी र ग्रीन टि पिउनमा आफ्नो ध्यान केन्द्रीत गरेँ । त्यसपछि मैले हल्का व्यायाम गर्न पनि सुरु गरेँ ।’

ओलिवियाले पछिल्लो १० महिनादेखि रक्सी पिएकी छैन र उनको तौल पनि निकै कम भएको छ । ओलिविया अब अन्य मानिसहरुलाई पनि आफ्नो बानी सुधार्न प्रोत्साहित गरिरहेकी छिन् । उनले भनिन्, ‘यदि तपाईं आफूलाई परिवर्तन गर्न चाहनुहुन्छ भने मलाई लाग्छ यो तपाईंका लागि सबैभन्दा उत्कृष्ट मौका हो र मलाई लाग्छ कि तपाईंले कहिले पनि यसरी सोच्ने मौका पाउन सक्नुहुन्छ ।’

ओलिवियाले भनिन्, ‘पहिला जब म अत्यधिक रक्सी पिउँथे तब डेटिङ मेरा लागि अप्सन नै थिएन र म कसैलाई कुनै गहिरो सम्बन्धका लागि तयार पनि थिइनँ । तर मैले लकडाउनका बेला एक व्यक्तिसँग कुरा गर्न सुरु गरेँ र जब लकडाउन समाप्त भयो तब हाम्रो भेटघाट भयो । म अब एक सम्बन्धमा छु र निकै खुसी छु । हामी चाँडै नै सँगै वर्कआउटमा जाने तयारी गरिरहेका छौं । मलाई थाहा छ यो लकडाउन धेरै मानिसहरुका लागि निकै खराब भयो तर मेरो जस्तो स्थिती थियो, त्यो हिसाबले भन्नुपर्दा लकडाउनले मेरा लागि उत्कृष्ट कुराहरु लिएर आयो ।’

स्रोत : रातोपाटी

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram