NarayaniPost.com
शुक्रबार, फाल्गुन ४, २०८०

काङ्ग्रेस बिरोध सभा: राक्सिराङ ६ कांकडामा नेकपा परित्याग गरी ३१ जना काङ्ग्रेसमा प्रवेश

नारायणी पोस्ट
बिहिबार, माघ ८, २०७७

८ माघ २०७७
मकवानपुर ।

मकवानपुरको राक्सिराङ ६ स्थित सिमरगाउंमा नेपाली काङ्ग्रेसको वडास्तरीय बिरोध सभा कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा सयौं नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो।

सभामा सम्बोधन गर्दै प्रमुख अतिथी एवं नेपाली काङ्ग्रेस मकवानपुर जिल्ला सदस्य साथै राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले नेकपाको झुठो अश्वासनले जनताहरु आजित भएको बताए। नेकपा झुट बोलेर सधैं टिक्न खोजेको ठोकुवा गर्दै अबदेखी जनताले चिनिसकेको बताए। कार्यक्रममा उहाँले जनताहरु कम्युनिस्टको थर्काई, दवावबाट माथी उठेर काङ्ग्रेसमा आउन र सत्यको पक्षमा उभिन आग्रह गरे। यसैगरी उहाँले आफ्ना कार्यकर्ताहरुलाई पार्टीको नितिनियम, र लक्ष्यमाथी प्रकाश पारेका थिए।

कार्यक्रममा नेकपा परित्याग गरि ३१ जना नेपाली काङ्ग्रेसमा प्रबेश गरेको छ। उनिहरुले नेकपा नेता तथा कार्यकर्ताको बिश्वासघातका कारण काङ्ग्रेसमा प्रबेश गरेको जानकारी दिए।

राक्सिराङ ६ का पार्टी सभापति दिपेश थीङको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा नेपाली काङ्ग्रेस जिल्ला सदस्य एवं बिकाशप्रेमी नेता राजकुमार मल्ल, क्षत्रीय सल्लाहकार देबि लामा, राक्सिराङ गाउपालिकाका पार्टी सह -सचिव गणेश तामाङ, काङ्ग्रेस क्षत्रीय सदस्य प्रतमलाल प्रजा, सन्चराज प्रजा, गाउँपालिका पार्टी सदस्य शरण दोङ्ग लगायतका अन्य नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram