हेटौडा । मकवानपुर मनहरीका युवा नेता तथा समाजसेवी सगुन स्याङ्गतान अभिनित म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गायक तथा सँगीतकार बिशाल काल्तान को 'के खानु कसम' बोलको गीतको भिडियो हेटौडामा पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको हो । गीतको सम्पुर्ण छायांकन चितवनका विभिन्न रमणीय स्थलहरुमा गरिएको हो । गीतमा सगुन मोडलको रुपमा देखिएका छन । उनले मोडल याङ्गकी दोङ्गसँग अनस्कृन रोमान्स गरेका छन । गीतमा स्वर, सँगीत तथा शब्द बिशाल काल्तानको रहेको छ ।
गीतका मोडल स्याङ्गतानले पत्रकारहरुमाझ आफ्नो टीमले नै उत्कृष्ट काम गर्ने प्रयास गरिएको बताए । उनले फिल्म तथा म्युजिक भिडियो आफ्नो रुचिको बिषय रहेको बताउँदै यस क्षेत्रमा निरन्तर अघि बढ्ने बताए । भिडियोका निर्देशक सुमित लामाले भिडियो हेरेर प्रतिक्रिया दिन आग्रह गरे ।
चितवनको जेम्स वल्र्ड फन पार्क र कविलास रिसोर्टमा खिचिएको भिडियोलाई लक्ष्मण घिमिरेले खिचेका हुन भने रोशन फ्युवाले सम्पादन गरेका हुन । भिडियोलाई द मिरर युनिटले निर्माण गरेको हो ।