NarayaniPost.com
आइतवार, फाल्गुन १३, २०८०

पहाडी जिल्लामा पानीघट्ट लोप हुँदै

नारायणी पोस्ट
सोमवार, माघ ५, २०७७

२०७७ माघ ५ गते

अमरगढी। सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा रहेका पानीघट्ट लोप हुन थालेका छन् । केही वर्ष पहिले प्रर्याप्त मात्रामा प्रयोग भएका देखिने घट्ट अहिले लोप हुने अवस्थामा पुगेका हुन् । अहिले पानीघट्ट बन्द भएको अवस्थामा देखिने गरेका छन् ।पहाडी क्षेत्रमा स्थानीय खोलाको पानीबाट चल्ने घट्टमा स्थानीयवासीले गहुँ, कोदो, चामल, मकै र फापरलगायतका अन्न पिसानी गर्ने गर्दथे । अहिले आधुनिक विद्युतीय मिलको सञ्चालन बढ्दै गएपछि यस क्षेत्रका पानी लोप हुन थालेका डडेल्धुरा नवदुर्गा, १ का लोकेन्द्र विकले जानकारी दिनुभयो ।

सुदूरका पहाडी जिल्ला डडेल्धुरा, दार्चुला, बैतडी, बझाङ, डोटी, अछाम र बाजुरालगायतका जिल्लाका विभिन्न ठाउँमा रहेका हजाराँै सङ्ख्यमा रहेका पानीघट्ट प्रयोग बिहीन रहेका र उक्त घट्टलाई नयाँ प्रविधिका साथ सञ्चालन गर्दे आएको ग्रामीण प्रविधि नामक गैरसरकारी संस्थाले जनाएको छ ।

हाल प्रयोगविहीन रहेका पानीघट्टलाई सुधार गरेर आधुनिक अनुसार पिसानी, तेल पेलानी र काठ चिरानीसमेत गर्न सक्ने उक्त संस्थाले जनाएको छ । पहिले पानीघट्टबाट पिसानी गर्दा पिसानी गरेको बस्तुको केही भाग घट्ट धनीलाई दिने चलन रहेको थियो ।

अहिले विद्युतीय शक्तिबाट चल्ने अत्याधुनिक कुटानीपिसानी गर्ने मिल ठाउँठाउँमा बनेपछि पानीघट्ट प्रयोग गर्ने र हाल आधुनिक घट्ट सुधारबाट नै कुटानीपिसानी गर्ने गरेका छन् । मिलमा कुटानीपिसानी गरेबापत प्रति किलोको चारदेखि पाँच रुपैयाँसम्म रकम दिनुपर्ने पर्दछ ।

अहिले पुराना घट्टमा पिसानी गर्ने कोही पनि नआउने भएकाले घट्ट बन्द गर्नुपरेको पानीघट्ट चलाउँदै आएकी गन्यापधुरा –५ का कमला ताम्राकारले बताउनुभयो । घट्टमा पिसानी गर्दा लामो समय कुर्नुपर्ने बाध्यता रहेको बताइएको छ । मिलमा भनेकै समयमा कुटानीपिसानी हुने भएकाले पानीघट्ट प्रयोग गर्नको सङ्ख्या घट्दै जाँदा घट्ट बन्द गर्नु परेपछि पानीघट्ट लोप हुन लागेका ताम्राकारको भनाइ छ । सुदूरपश्चिम पहाडी जिल्ला डडेल्धुरामा करिब १०० पानीघट्ट रहेकामध्ये हाल एक दर्जन मात्र घट्ट सञ्चालन भइरहेका छन् ।

यस्तै बैतडी, दार्चुला, बझाङ, डोटी, अछाम र बाजुराका सयौं घट्टहरु आधुनिकत्ता बढेपछि बन्द अवस्था रहेका छन् भने न्यूनअवस्थामा सञ्चालनमा रहेका छन् । डडेल्धुराको अमरगढी नगरपालिका, ६ र ७ मा रहेका अधादर्जन घट्ट अहिले बन्द अवस्थामा रहेका अमरगढी नगरपालिका–७ का कमल साहुले बताउनुभयो ।

घट्ट सञ्चालन गर्ने सञ्चालकलाई सुदूरपश्चिमको भाषामा ९भग्या० अर्थात पीठो पिसानीपछि पैसाको सट्टा केही भाग पीठो ९माना पाथी० माग्ने घट्ट सञ्चालको नाम भग्या भनेर पनि चिनिने नाम अझै छन् । तर घट्ट भने लोप हुने अवस्थामा पुगिसकेको उहाँले बताउनुभयो ।
स्रोत : न्युज२४

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram