NarayaniPost.com
आइतवार, फाल्गुन १३, २०८०

हरिण भन्दै हानेको गोली महिलालाई लागेर गम्भिर घाईते

नारायणी पोस्ट
मङ्लबार, माघ ६, २०७७

२०७७ माघ ६ गते

रोल्पा। रोल्पामा गोली लागेर महिला गम्भिर घाईते भएकी छिन् । घाईते हुनेमा रोल्पा नगरपालिकामा वडा नम्बर ९ फाल्जाकी ४५ वर्षीया बरु पुन रहेको जिल्ला प्रहरी प्रमुख एवं डिएसपी नरेशराज सुवेदीले जानकारी दिएका छन् । सोमवार बेलुकी वनबाट घाँसको भारी बोकेर घर फर्किंदै गरेकी पुनमाथी गोली प्रहार भएको हो ।

बनबाट घाँसको भारीसहित घर फर्किदै गरेकी पुनलाई हरिण ठानेर स्थानिय ३७ वर्षीय हस्तबहादुर पुनले गोली हानेका थिए । उनको टाउकोमा गोली लागेको छ । घाईते पुनलाई जिल्ला अस्पताल रेउघामा सामान्य उपचार पछि थप उपचारका लागी सोमवार राती नै भैरहवा मेडिकल कलेजमा रेफर गरिएको डिएसपी सुवेदीले जानकारी दिएका छन् । उनको अवस्था चिन्ताजनक रहेको छ ।

गोली हान्ने पुनलाई प्रहरीले मंगलबार बिहान भरुवा बन्दुकसहित नियन्त्रणमा लिएको छ । पक्राउ परेका पुनले आफनो बारीमा हरिणले गहुँबाली खाएर सताएकोले हरिण मार्न भन्दै पासो थापेको र सोहि ठाउँमा आफु बसीरहेको बेला बेलुकी पख हरिण ठानेर बन्दुकको गोली चलाएको प्रहरी सामु बयान दिएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram