NarayaniPost.com
आइतवार, फाल्गुन १३, २०८०

कोरोनाभाइरस विरुद्ध ‘कोभिसिल्ड’ खोप यस्ता मानिसले लगाउनु हुँदैन

नारायणी पोस्ट
मङ्लबार, माघ ६, २०७७

२०७७ माघ ६ गते

काठमाडौं । कोरोनाभाइरस विरुद्ध नेपालमा आपतकालीन प्रयोगको अनुमति पाएको खोप ‘कोभिसिल्ड’बारे नयाँ तथ्य प्रकाशमा आएको छ । कोरोनाविरुद्ध प्रभावकारी मानिएको र भारतमा समेत हाल प्रयोगमा ल्याइएको यो खोप हरेक मानिसका लागि भने उपयोगी नहुने अध्ययनले देखाएको छ ।

खोप निर्माता ‘सिरम इन्स्टिच्युट’ ले नै यो खोपका केही बन्देजहरु प्रकाशमा ल्याएको हो । सो कम्पनीले जारी गरेको ‘फ्याक्टशीट’ अनुसार विभिन्न शारीरिक अवस्थाका मानिसले उक्त खोप लगाउन हुँदैन ।
निर्माण कम्पनी सिरमका अनुसार कोभिसिल्ड भ्याक्सिनमा एल–हिस्टिडाइन, एल–हिस्टिडाइन हाइड्रोक्लोराइड मोनोहाइड्रेट, म्याग्निसियम क्लोराइड हेक्साहाइड्रेट, पोलिसोरबेट ८०, इथानेल, सुक्रोज, सोडियम क्लोराइड, डायोडियम एडिटेड डाइहाइड्रेटको मिश्रण छ ।

खोप लगाउनु अघि खोपका लाभार्थीले आफ्नो स्वास्थ्यको अवस्थाबारेमा सम्बन्धित विज्ञ टोलीलाई जानकारी गराउन पनि निर्माण कम्पनीले जनाएको छ ।

यस्ता व्यक्तिले लगाउन हुँदैन कोभिसिल्ड खोप

– कसैलाई औषधि, खानेकुरा वा कुनै अन्य प्रकारका एलर्जी छ भने कोभिसिल्ड खोप लगाउन हुँदैन ।

– ज्वरो र रक्तश्रावसम्बन्धी समस्या भएकाले पनि यो खोप लगाउन हुँदैन ।

– कोभिसिल्डको पहिलो डोजमा कुनै प्रकारको एलर्जी भएमा दोस्रो डोज लिन हुँदैन ।

– गर्भवती वा बच्चा प्लान गरिरहेका महिलाले पनि यो खोप लगाउन हुँदैन ।

– स्तनपान गराइरहेका महिलालाई पनि यो खोप नलगाउन सुझाव दिइएको छ ।

– यदि कसैले कोरोनाको कुनै खोप लगाइसकेको छ भने उसले यो खोप लगाउन जरुरी छैन ।

उल्लेखनीय छ, यो खोपलाई नेपाल सरकारले गत माघ २ गतेको मन्त्रिपरिषद निर्णयानुसार नेपालमा आपतकालीन प्रयोगको अनुमति दिएको छ ।

भारतको अर्को खोपले पनि गरायो सावधान

कोभिसिल्डका अतिरिक्त भारतमै निर्माण गरी प्रयोगमा ल्याइएको अर्को खोप ‘कोभ्याक्सिन’ले पनि यस प्रकारको शर्त र बन्देज प्रकाशमा ल्याएको छ ।
भारत बायोटेकले कोरोनाभाइरस विरुद्ध आफ्नो उत्पादन कोभ्याक्सिन प्रयोगमा विभिन्न शर्तसहित सावधान गराएको हो ।
यो खोप पनि एलर्जीका समस्या भएकाहरु, श्वास फेर्न कठिनाइ हुने तथा अनुहार र घाँटी सुन्निएको, तीव्र धडकन, रिङटा लाग्ने, कमजोरी महसुस हुने, गर्भवती महिला लगायतलाई प्रयोग नगर्न सुझाइएको हो ।

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram