NarayaniPost.com
सोमवार, फाल्गुन १४, २०८०

राष्ट्रपति जो बाइडेनले आजदेखि जिम्मेवारी सम्हाल्दै

नारायणी पोस्ट
बुधबार, माघ ७, २०७७

काठमाडौं, माघ ७ । अमेरिकी नव निर्वाचित राष्ट्रपति जो बाइडेनले आजदेखि औपचारिक रुपमा जिम्मेवारी सम्हाल्दै छन् । गत नोभेम्बर ३ मा अमेरिकामा सम्पन्न राष्ट्रपतिको निर्वाचनमा ४६ औं राष्ट्रपतिमा निर्वाचित उनलाई यही जनवरी ६ मा अमेरिकी कंग्रेसले आधिकारिकता दिएको थियो । अमेरिकाको संविधानअनुसार राष्ट्रपतिका रुपमा निर्वाचित व्यक्तिले जनवरी २० बाट कार्यकाल सुरु गर्ने व्यवस्था रहेको छ ।

बाइडेनले कडा सुरक्षा व्यवस्थाबीच राष्ट्रपतिको सपथ ग्रहण गर्ने छन् । उनको सपथग्रहण कार्यक्रममा अमेरिकी नेशनल गार्डका १० हजार सुरक्षाकर्मी तैनाथ हुने जनाइएको छ ।

बाइडेन अमेरिकी राष्ट्रपति निर्वाचित भएको औपचारिक घोषणाको तयारी भइरहेका बेला वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकबाट भएको आक्रमणलाई मध्यनजर गर्दै उनको सपथ ग्रहण कार्यक्रममा कडा सुरक्षाको व्यवस्था गरिएको हो ।

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram